डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल नतिर्ने उद्योगीलाई प्रशासकीय पुनरावेदनका लागि पुनः सूचना जारी गरेको छ ।
मंगलबार प्राधिकरणले सूचना जारी गर्दै प्रशासकीय पुनरावेदन गर्न उद्योगहरूलाई जेठ मसान्तसम्मको समय दिएको छ ।
सञ्चालक समितिको मिति वैशाख २१ को निर्णयअनुसार म्याद गरिएको प्राधिकारणले सूचना जनाएको छ । प्राधिकरणले वैशाख २६ गते पनि सूचना जारी थियो। प्राधिकरणले विगत देखि नै उद्योगहरूलाई प्रशासकीय पुनरावेदनमा बोलाउँदै आएको छ तर उद्योगीहरु प्रशासकीय पुनरावेदन जान तयार अझै भएका छैनन् ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लानबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपयोग गरी महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेठ मसान्तसम्म प्राधिकरणको विद्युत वितरण विनियमावली २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम महसुल रकमको ५ प्रतिशत बराबरको रकम वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरोटीबापत जम्मा गरी विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको वैशाख २१ को निर्णयअनुसार सम्पूर्णमा जानकारी गराइन्छ,’ ।
प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गर्ने ग्राहकहरूलाई २०७५ वैशाखदेखि २०७८ असार मसान्तसम्मको विद्युत महसुलको बक्यौतामा छुट दिने पनि जनाएको छ ।
सूचना अनुसार उद्योगीहरुलाई २०८२ जेठ मसान्तभित्र आफ्नो सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा वा सो बराबरको ‘क’ वर्गको बैंकबाट जारी गरिएको एक वर्ष म्यादको बैंक ग्यारेन्टी धरौटी स्वरूप जम्मा गरेमा पाँच प्रतिशत छुट दिने जनाएको छ । 
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण