सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरो दबाबले अस्थायी शिक्षकको परीक्षा अन्योलमा

बुधबार, १४ चैत २०७४, १२ : ३७
बुधबार, १४ चैत २०७४

लिलु डुम्रे
काठमाडौं–आगामी चैत २३ का लागि तोकिएको अस्थाथी शिक्षकहरुको परीक्षा  विद्यार्थी संगठन र अस्थायी शिक्षक कारण नै अन्योलमा पर्ने देखिएको छ । 
अस्थायी शिक्षक संर्घष समितिले परीक्षा रोक्नका लागि आफ्ना दुई सदस्यलाई आमरण अनसनमा उतारेको छ । अस्थायी शिक्षकले विगत आठ दिन देखि आन्दोलन गर्दै आएको छ भने नेपाली विद्यार्थी संघका कार्यकर्ता पनि परीक्षा  खारेज माग गर्दै तिन दिनदेखि आमरण अनसनमा वसिरहेका छन् ।
परीक्षा  रोक्न दुई तर्फी दबाब
चैत २३ का लागि तोकिएको परीक्षा लाई अस्थायी शिक्षक र विद्यार्थी संगठन दुवै पक्षले विरोध जनाएका छन् । दुवैतर्फवाट परीक्षा  रोक्न माग गरिएको छ । शिक्षा ऐन नवौं संशोधन लागु भएको अवस्थामा देशको समग्र शिक्षा प्रणाली ध्वस्त हुने नेविसंघको दावी रहेको छ । अध्यापन अनुमति पत्र लिएर शिक्षक सेवा आयोगको परीक्षाका लागि योग्य रहेका सात लाख विद्यार्थीहरुलाई खुला प्रतिस्पर्धावाट वन्चित गरिएको संघले जनाएको छ ।
योग्य नयाँ विद्यार्थीहरुलाई अवसरवाट वञ्चित गराउँदा अध्ययनरत ६० लाख विद्यार्थीको शैक्षिक भविष्यमाथि कुठाराघात हुने संघको दावी छ ।
अर्को तर्फ संसोधनले अस्थायी शिक्षकहरुलाई तोकिएको प्रतिशत अनुसार परीक्षा  नहुने भएको जनाउँदै अस्थायी शिक्षकहरुले परीक्षा  रोक्न माग गरेका छन् । 
शिक्षा ऐन नवौं संसोधनमा अस्थायी शिक्षकहरुबाट ७५ प्रतिशत र खुलालाई २५ प्रतिशतको व्यवस्था गरिएपनि खुलाका लागि प्रतिशत वढाइएको भन्दै अस्थायी शिक्षकहरुको परीक्षा प्रति आपत्ति रहेको छ ।
नेविसंघका मागहरु  
–शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन राष्ट्र हितमा नरहेकोले त्त्काल खारेज गरियोस् ।
–आन्तरिक विज्ञापन तर्फ चैत २३ मा तोकिएको परीक्षा  खारेज गरियोस् ।
–२०७२ असोज पछाडि रिक्त रहेका पदहरु समेत समावेश गरि पदपुर्तिको लागि तुरुन्त खुला विज्ञापन प्रकाशित गरियोस् ।
–प्रत्येक वर्ष खुला प्रतिस्पर्धावाट पदपुर्ति लागि शिक्षा सेवा आयोग खोलियोस् ।
– अध्यापन अनुमतिको लागि प्रत्येक वर्ष परीक्षा  सञ्चालन गरियोस् ।
अस्थायी शिक्षकका मागहरु
–चैत २३ का लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा  स्थगीत हुनुपर्ने ।
–हालसम्म नियुक्ति भएका सवै अस्थायी र करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धावाट सामान्य पक्रिया पुर्याएर स्थायी गनुपर्ने ।
–अस्थायी करार शिक्षकको सतप्रतिशत सेवा अवधि गणना गर्नुपर्ने ।
परीक्षा  रोक्न दुई स्थानमा आमरण अनशन
संयुक्त अस्थायी तथा करार शिक्षक संघर्ष समितीले परीक्षा  स्थगनको माग गर्दै विगत आठ दिनदेखि आमरण अनशनको आन्दोलन शुरु गरेको थियो । अस्थायी शिक्षकका तर्फवाट चैत ७ देखि धमेन्द्र ठाकुर व्राम्हण र नर वहादुर वस्नेत भद्रकालीमा आमरण अनशनमा वसिरहेका छन् । अनसनरत व्राम्हणले अस्थायी शिक्षकहरुलाई सामान्य प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने बताए । ७५ प्रतिशत अस्थायी शिक्षकका लागि भनिएपनि आन्तरिक परीक्षा  ऐन अनुसार नहुने देखिएकोले आमरण अनशनमा वस्नुपरेको वताए ।
०७२ देखि यताका अस्थायी शिक्षकहरु परीक्षामा वञ्चित भएको अस्थायी शिक्षक संघर्ष समितीले जनाएको छ । ३६ हजार अस्थायी शिक्षकमा २३ हजारले मात्रै प्रतिस्पर्धामा सहभागी हुने अवस्था रहेकोले आन्दोलनमा उत्रनु परेको अस्थायी शिक्षक संघर्ष समितिले जनाएको छ ।
अर्कोतर्फ दिन दिन अघि देखि नेपाल विद्यार्थी संघका तिन कार्यकर्ता माइतीघर मण्डलामा परीक्षा  खारेज गर्न माग गर्दै आमरण अनसनमा वसिरहेका छन् । संघका राजन लम्साल, मिलन वास्तोला र हेमराज थापा आमरण अनसनमा वसिरहेका छन् । ७५ प्रतिशत आन्तरिक विज्ञापनबाट न्युनतम अंकमा उत्र्तिण गरिएको अवस्थामा शैक्षिक क्षेत्र धरासायी हुने संघका महामन्त्री कुन्दनराज काफ्लेले वताए ।
 आन्तरिक रुपमा स्थायी गरिने परीक्षा  प्रणाली तुरुन्त खारेज गर्न उनले माग गरे । अस्थायी शिक्षकहरुका लागि ४० प्रतिशत प्राप्तांक ल्याएको अवस्थामा उत्तिर्ण हुने प्रावधान छ ।
शिक्षामन्त्रीलाई विद्यार्थी संगठनको ज्ञापनपत्र
तीन विद्यार्थी संगठनले मंगलवार संयुक्त रुपमा शिक्षामन्त्री गिरीराजमणी पोखरेललसँग अस्थायी शिक्षकको परीक्षा  स्थगीत गर्न माग गरेका छन् । अनेरास्वीयु,नेविसंघ र अखिल क्रान्तिकारीले शिक्षामन्त्रीलाई संयुक्त रुपमा ज्ञापनपत्र वुझाएका हुन् । विद्यार्थी संगठनहरुले ज्ञापनपत्रमा दशौं संसोधन मार्फत समस्या निराकरण गर्न सुझाएका छन् ।
 शिक्षामन्त्री सकरात्मक रहेपनि ऐनका विषयमा प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्नुपर्ने वताएको नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी गराए । महरले अस्थायी शिक्षकहरुको जिवनयापनका विषयमा विद्यार्थी संगठनहरुले पनि सोच्ने वताए । अस्थायी शिक्षकहरुलाई एकमुष्ट रुपमा ह्याण्डसेक नगद प्रदान गरि विदा  गर्नुपर्ने उनले वताए । शिक्षाको गुणस्तरका लागि सम्झौता गर्न नसकिने उनले वताए ।
यसैविच वार्ताका लागि शिक्षा मन्त्रालयले तिन सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीले अनशनरत अस्थायी शिक्षकका मागका विषयमा आज वार्ता हुने वताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप