एमाले प्रदेश अधिवेशन
एमाले बागमती प्रदेश अधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन
मङ्गलबार, ०९ असोज २०८०, ११ : १९

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र सुरु भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभा गृहमा उद्घाटन गरेको अधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर पारित गरेसँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुनेछ ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । अध्यक्षमा पाँच आकाङ्क्षी देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबिच प्रतिस्पर्धा हुने देखिएको बागमतीका एमाले नेता कायकर्ताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह