एमाले प्रदेश अधिवेशन
एमाले बागमती प्रदेश अधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन
मङ्गलबार, ०९ असोज २०८०, ११ : १९
काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र सुरु भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभा गृहमा उद्घाटन गरेको अधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर पारित गरेसँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुनेछ ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । अध्यक्षमा पाँच आकाङ्क्षी देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबिच प्रतिस्पर्धा हुने देखिएको बागमतीका एमाले नेता कायकर्ताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण