‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’
नयाँदिल्ली । अमेरिकी सेनाका प्रमुख र्यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् ।
हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा शुरुभएको सम्मेलनमा भारतीय सेनाप्रमुख मनोज पाण्डेका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सेना प्रमुखले अमेरिका र भारतीय सेनाबीचको साझेदारीले हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न सहज हुने बताए ।
हिन्द–प्रशान्त क्षेत्रका सेनाहरूबीचको संवाद र छलफलले आपसी विश्वास र मैत्रीलाई सुदृढ बनाउने तथा चुनौतीपूर्ण वर्तमान वातावरणमा सहकार्य र साझेदारी गर्दा यस क्षेत्रका सबैलाई फाइदा हुने बताए ।
अतिवाद, सङ्गठित अपराध नियन्त्रण गर्ने साझा रणनीतिसमेत तयार गर्नुपर्ने परिस्थिति उत्पन्न भएको बताउँदै उनले सेनाहरूबीचको सम्बन्ध बलियो बनाउन सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।
भारतीय सेनाप्रमुख पाण्डेका अनुसार हिन्द–प्रशान्त क्षेत्रका १९ देशका सेना प्रमुख सहभागी रहेको सम्मेलनको मुख्य उद्देश्य आपसी समझदारी, संवाद र मैत्रीका माध्यमबाट यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्नु हो ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण