निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती
न्युयोर्क । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । ।
नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनुसन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशङ्करले मङ्गलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।
हालै क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्ररी चिसिएको छ । आपसी सम्बन्ध कति तिक्ततापूर्ण बनेको छ भने दुई देशले कूटनीतिक कर्मचारीलाई निष्कासन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् ।
भारत सरकारले क्यानडालाई निज्जर हत्याको बारेमा छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशङ्करले हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिए ।
निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । हरदीपसिंह निज्जरलाई सन् २०२० मा भारतले आतङ्कवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।
पश्चिमा देशहरूमा पृथकतावादीहरूले खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै गर्ने भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।
सन् अस्सीको दशकमा शिख बहुल पञ्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रुप लिएको हो । यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विरोधी गतिविधि गर्दै आएका छन् ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण