पर्यटन दिवसमा वीरगञ्ज नाकामै पर्यटकको स्वागत
वीरगञ्ज । विश्व पर्यटन दिवसको अवसरमा आज वीरगञ्ज नाकाबाट भित्रिएका पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्ज, अध्यागमन कार्यालय वीरगञ्ज र पर्यटन प्रहरीले संयुक्तरूपमा वीरगञ्ज नाकास्थित शङ्कराचार्य गेटबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत तथा सम्मान गरेको हो ।
वीरगञ्ज नाकाबाट नेपाल भित्रिएका भारतको गोपालगञ्जका चार जना पर्यटकलाई शङ्कराचार्य गेटमा माला, खादा र टीका लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये पर्यटन क्षेत्र एक भए पनि स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणमा खासै ध्यान नदिइएको पर्यटन व्यवसायीको गुनासो छ ।
नाकामा पर्यटकलाई स्वागत गर्न पुगेको टोलीमा सङ्घका अध्यक्ष तथा होटेल व्यवसायी महासङ्घ नेपालका सचिव पन्त, सङ्घका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सदस्य कुवेर कार्की, हीरा श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण