मल कारखाना खोल्न सर्वेक्षण अनुमति
काठमाडौँ । हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ ।
समझदारी अनुसार तनहुँको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनामा विद्युत् प्रयोगमार्फत पानी खण्डीकरण गर्ने प्रविधि इलेक्ट्रोलाइसिस प्रयोग गरी एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने उल्लेख छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन हरित एमोनिया र दुई लाख ८६ हजार ९७५ मेट्रिक टन हरित एमोनियम नाइट्राइट मल उत्पादन हुने प्रस्ताव गरिएको छ ।
उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोला एसडिएन बिएचडीका प्रबन्ध निर्देशक बाउमहिदीअब्देलाईले हस्ताक्षर गरेका हुन् । मलेसियन सो कम्पनीले सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार २०७९ पुसमा विद्युत् शक्तिको उपयोग गरी मल उत्पादन गर्न प्रस्ताव पेस गरेको थियो । सोही प्रस्ताव अनुसार लगानी बोर्डको गत चैतमा सम्पन्न ५३ औँ बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।
समझदारीपत्रको प्रावधानबमोजिम प्रस्तावक कम्पनीले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयसमक्ष पेस गर्ने छ ।
हस्ताक्षर समारोहमा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा हरित अवधारणामा मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत्लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्न मार्गचित्र प्रदान गर्ने भन्दै भट्टले तोकिएको समयभित्र प्रतिवेदन पेस गर्न आग्रह गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण