आईक्यापिटल स्थापनाको १० वर्ष पूरा, १० जना दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौँ । आईक्यापिटल प्रालिले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । आईक्यापिटल व्यक्तिगत लगानीबाट संस्थागत लगानीमा रुपान्तरण हुने र पूर्णरुपमा ‘भ्याल्यू इन्भेष्टिङ’ को सिद्धान्तमा प्रतिबद्ध हुने उद्देश्यसहित सन् २०१३ मा स्थापना भएको हो ।
यो कम्पनीको लगानी भेन्चर, रियल इस्टेट र सेयर बजार गरी ३ मुख्य सम्पति वर्गहरुमा केन्द्रित रहेको छ । स्थापनायता १० वर्षको अवधिमा आईक्यापिटलले २४ वटा कम्पनीमा लगानी गरेको छ ।
हाल यसको व्यवस्थापनमा २ अर्ब २५ करोड रुपैयाँको सम्पति रहेको छ भने १० वर्षको कम्पाउण्ड वार्षिक वृद्धिदर (सीएजीआर) १६ प्रतिशत रहेको कम्पनीले बताएको छ ।
विगत वर्षहरुमा जस्तै आईक्यापिटलले आफ्नो १० औं वार्षिकोत्सव परोपकारी काम गरेर मनाएकोमा सो अवसरमा कम्पनीले यस वर्ष आईक्यापिटल फाउण्डेसमार्फत त्रिनेत्र फाण्डेसनका १० जना दृष्टिविहीन विद्यार्थीलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ ।
सन् २००९ मा स्थापना भएको त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन, अनाथ र शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि छात्रावास र आर्थिक अभाव भोगिरहेका बालबालिकाहरुका लागि पठनपाठनमा सहयोग प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी