एमाले बागमतीको मतदान सुस्त, तीन घण्टामा पाँच सय मतदान
_fckj2NHAGv.jpg)
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि पार्टी कार्यालय च्यासलमा भइरहेको मतदान सुस्त भएको छ । बेलाबेलामा विद्युतीय मेसिनले काम नगार्दा ढिला भएको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनका अनुसार शुक्रबार अपराह्न साढे चार बजेसम्म पाँच सय जनाले
मतदान गरेका छन् । एक जनालाई मत हाल्न कम्तिमा १० मिनेट लागेको बताइएको छ । मतदान दिउँसो साढे १ बजेबाट सुरु भएको थियो । ११ सय ६७ जना मतदाताले मतदान गर्दैछन् । ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरिएको छ । अधिवेशनमा अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।
मेसिनमा डिस्टर्व नभए सात बजेभित्र मतदान सकिने प्रमुख मैनालीले बताए । सात बजेभित्र मतदान सम्पन्न भएमा त्यसको दुई घण्टापछि नतिजा सार्वजनिक हुने मैनालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई