शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

एमाले बागमती अधिवेशन : च्यासलमा विजय पछिको उमङ्ग (तस्बिरहरु)

शनिबार, १३ असोज २०८०, ०० : १६
शनिबार, १३ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कैलाश ढुंगेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।  शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका छन् । 

ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् ।  सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । उनले ६१५ मत प्राप्त गरेका छन् भने  महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । त्यस्तै पुरुष तर्फको उपसचिवमा 
प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन् । 

 निर्वाचन सम्पन्नपछि एमाले केन्द्रीय कार्यालय च्यासल परिसर तस्बिरमा हेरौं :

uml-bagmati-photo (1)uml-bagmati-photo (2)uml-bagmati-photo (3)uml-bagmati-photo (4)uml-bagmati-photo (5)uml-bagmati-photo (6)uml-bagmati-photo (7)uml-bagmati-photo (8)uml-bagmati-photo (9)uml-bagmati-photo (10)uml-bagmati-photo (11)uml-bagmati-photo (12)uml-bagmati-photo (13)uml-bagmati-photo (14)uml-bagmati-photo (15)uml-bagmati-photo (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप