भारत : कानुन आयोग सहमतिमा यौनसम्पर्कको उमेर घटाउनेको विपक्षमा
नयाँ दिल्ली । भारतको कानून आयोगले पोसको ऐन अन्तर्गत सहमतिमा यौनसम्पर्कको उमेर १८ वर्षबाट घटाएर १६ वर्ष गर्ने पक्षमा नरहने बताएको छ । आयोगले सरकारलाई बुझाएको २८३ औँ प्रतिवेदनमा आपसी सहमतिको उमेर १८ बाट १६ वर्षमा झार्नुको नतिजा सही नहुने बताएको हो ।
कानुन आयोगले यसबाट वयस्कहरूलाई नाबालिगले सहमति गरे पनि यौनसम्पर्क गर्न सहज हुने बताएको छ । यसले बालविवाह र बाल बेचबिखन विरुद्धको अभियानलाई पनि प्रभाव पार्नेछ। साथै, बाल यौन अपराधको आरोप लागेकाहरू विरुद्ध अनुसन्धान गर्ने निकायलाई अनुसन्धान गर्न पनि यसले झनै कठिन बनाउने बताइएको छ ।
हाल भारतमा सहमतिमा यौनसम्पर्क गर्ने उमेर १८ वर्ष तोकिएको छ । साइबरस्पेसमा बालबालिकामाथि हुने यौनजन्य अपराध र प्रलोभनमा परेका अपराधका घटनाहरू बढ्दै गएको अवस्थामा यौनसम्बन्ध राख्नको लागि सहमतिको उमेर घटाउँदा निकै घातक परिणाम हुनसक्ने आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण