बुवा गुमाएको दिन पनि प्रस्तुति दिएँ : कुमार सानुले भने, ‘स्टेजमा ढल्दा कसैले उठाएनन्, नयाँ स्टाइल सोचे’
भारतीय गायक कुमार सानुले उनको बुवाको निधन भएको दिन पनि उनले लाइभ प्रस्तुति दिनु परेको बताए । यति बेला उनलाई राज कपुरको भनाई ‘द सो मस्ट गो अन’ झलझली याद आएको बताए ।
कुमार सानुले यसबारे थपे, ‘हामी दर्शकको अगाडि आउँदा उनीहरूलाई हाम्रो निजी कुराले खासै फरक पार्दैन । उनीहरूलाई हाम्रो समस्याको कुनै वास्ता पनि हुँदैन । दर्शकलाई लाग्छ कि यदि कुमार सानु स्टेजमा आएका छन् भने अनुहारमा कुनै दुःख नदेखाई सुरिलो आवाजमा गाउन् भन्ने मात्रै हुन्छ ।’
गीत गाउने बेला लडे तर सर्वसाधारणले ध्यान नै दिएनन्
पिंकभिलालाई दिएको अन्तरवार्तामा कुमार सानुले भने, ‘मेरो बुवाको निधन भएको दिन त्यो मेरा लागि सबैभन्दा मुस्किल दिन थियो । दुर्भाग्यले त्यही बेलुका मेरो एउटा स्टेज सो थियो । यो शोलाई मैले रोक्न पनि सक्दैनथेँ । म स्टेजमा पुग्दा फूलको यति वर्षा गरियो कि म गाउँदा गाउँदै चिप्लिएर लडेँ । त्यसपछि पनि म गाइरहेँ । यो कुराले पनि दर्शकलाई केही फरक पारेन । उनीहरूलाई यो कुनै नयाँ स्टाइल होला भन्ने लाग्यो । भुइँमा सुतेर गाउने स्टाइल ।’
‘कार्यक्रम सकिएपछि भित्र जाँदा त्यहाँका कर्मचारीले म ठिक छु कि छैन भनेर सोधे । तर सर्वसाधारणलाई म लडेको भन्ने रत्तीभर पनि थाहा भएन ।’
२० हजारभन्दा बढी गीत गाए
कुमार सानुले आफ्नो करियरमा करिब २० हजार गीत गाएका छन् । उनले करियरको सुरुवात बङ्गलादेशी फिल्म ‘तीन कन्या’ बाट गरेका थिए । सानुले सङ्गीत निर्देशक नदीम–श्रवणका लागि करिब ७५ वटा फिल्ममा गीत गाएका छन् । यसबाहेक उनले अनु मलिकका लागि ६० फिल्म, जतिन–ललितका लागि ३० फिल्म र राकेश रोशनका लागि २५ फिल्ममा गीत गाएका छन् । सन् १९९१–१९९५ सम्म उनले लगातार पाँच वर्षसम्म बेस्ट मेल प्ले ब्याक सिंगरको फिल्म फेयर अवार्ड पाए । कुमार सानुको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता छ । उनले एक दिनमा २८ वटा गीत रेकर्ड गरेर कीर्तिमान राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण