अनेरास्वियुको ‘कालो अक्षर, रातो अक्षर’ नाटक हेर्न एमाले शीर्ष नेता शिल्पीमा, तस्बिरहरू
_C9u34TjDzD.jpg)
काठमाडौँ । अनरास्वियुको नाटक ‘कालो अक्षर रातो अक्षर‘ बत्तीसपुतली स्थिति शिल्पी थिएटरमा आजबाट प्रदर्शनी सुरु भएको छ । उक्त नाटक हेर्न एमालेका शीर्ष नेताहरूको समेत उपस्थित थियो ।
नाटक विशेष गरी विद्यार्थी वर्गका बारेमा मञ्चन गरिएको छ । देशको महँगी त्यसमा पनि सरकारी स्कुल, कलेजहरूलाई विस्थापित गरेर निजीलाई पोषण गर्ने काम हरेक सरकारका पालामा भइरहेको अवस्था र नाटकले दर्साउन खोजेको छ । विद्यार्थी वर्गले जति नै क्रान्ति गरे पनि आफ्ना बाबा आमाको सपना साकार गर्न वा भनौँ पैसा कमाउन क्रान्तिमा होमिएका साथीहरूलाई छोडेर विदेश पलायन हुनु पर्ने बाध्यतालाई समेत नाटकमा समेटिएको छ ।
केही भने आफ्नो आन्दोलनलाई निरन्तरता दिएर विद्यार्थीहरूका हकहितका लागि संर्घषमा होमिएका पनि नाटकमा देख्न सकिन्छ । नाटकमा लेखन आर के रोमस , परिकल्पना समिक बडाल र निर्देश दिलीप खड्काको रहेको छ । नाटक असोज १७ देखि २७ गते सम्म साँझ ५ः१५ बजे देखि सुरु हुने छ ।