लोकदोहोरीमा अश्लील तथा अमर्यादित प्रस्तुति बन्द गर्न प्रतिष्ठानको अनुरोध
काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गीतका नाममा हुने अश्लील तथा अमर्यादित प्रस्तुति बन्द गर्न अनुरोध गरेको छ । प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनयता दोहोरी साँझ, विभिन्न चाडबाडका उत्सव समारोह तथा टिकटक लगायतका सामाजिक सञ्जालहरुमा नेपाली लोक तथा दोहोरीगीत प्रयोग गरी प्रस्तुत गरिएको भद्दा एवम् उश्रृंखल नृत्य एवम् दृश्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको हो ।
‘नेपाल बहुलजाति, बहुभाषि, बहुधार्मिक तथा विविध संस्कृतिले भरिपूर्ण सुन्दर र मनमोहक देश हो । मौलिक कला, संस्कृति, पुरातत्व, पर्यटन, गीत, सङ्गीत, भाषा, धर्म, जातजाति, भेषभूषा, खाना, भूगोल आदिको विविधताले फूलबारीका रुपमा सुगन्धित छ । कलापूर्ण नेपालका सयौँ कलापूर्ण रूपहरू मध्ये लोकगीत तथा लोकदोहोरी विशिष्ट र मौलिक कला हो’, प्रतिष्ठानले विज्ञाप्तिमा अगाडि भनेको छ ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल नेपाली मौलिक लोक तथा दोहोरीगीत संगीत क्षेत्रको श्रीवृद्धि र उन्नयनमा अथक र अनवरत रुपमा लागिरहेको जिम्मेवार संस्था हुनुले यस क्षेत्र सम्पूर्ण रुपमा विकृति र विसङ्गती रहित हुनुपर्नेमा दृढ संकल्पित छ ।’
लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा अमर्यादित र अभद्र कार्यले समग्र नेपाली लोकदोहोरी क्षेत्रसँंग सम्बन्धित कलाकार, सर्जक, शुभेच्छुक, शुभचिन्तक तथा सम्पूर्ण नेपाली कला एवम् संस्कृतिप्रेमीहरुलाई गहिरो आघात पुगेको समेत प्रतिष्ठानको ठम्याइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण