बैतडीमा भारतबाट आउनेका लागि यात्रु सहायता कक्ष स्थापना
बैतडी । चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
दसैँ र तिहारका बेला यात्रुहरुलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ, गोकुलेश्वर, पाटन र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । तोकिएकोभन्दा बढी भाडा लिन नदिन, क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र यात्रुलाई सहजताका साथ गन्तव्यमा पुर्याउन यात्रु सहायता कक्षमार्फत काम गरिनेछ ।
प्रहरीको १०० नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने जनाइएको छ । सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुई सुरक्षाकर्मी खटिएका छन् । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । दसैँ, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्लाका अन्य स्थानमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण