सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक फिर्ता हुनुपर्छः प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।
अध्यक्ष साहले संसदमा पेश गरिएको सो विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले त्यसलाई सरकारले फिर्ता गर्नुपर्ने बताएका हुन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विधेयकमा शिक्षा क्षेत्रलाई उत्पादनसँग जोडने, अवैधानिक रुपमा खुलेको शिक्षण संस्थाहरुलाई बैधानिक बनाउने कुनै पनि खालको सोच नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
अध्यक्ष साहले भने, ‘यो विधेयकले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्छ जस्तो मलाई लाग्दैन । अहिले पनि कयौं बालबालिकाहरु विद्यालयभन्दा बाहिर छन । उनीहरुलाई कसरी विद्यालयमा ल्याउने भन्ने कुरा पनि विधेयकमा देखिँदैन । कयौं विद्यालयहरु, जो अवैधानिक ढंगले चलिराखेको छ । त्यसलाई बैधानिक बनाउने कुनै सोच पनि देखिँदैन । उत्पादनमूलक बनाउने सोच पनि देखिँदैन । विधेयकको लागि विधेयक ल्याएर कुनै काम छैन । त्यसैले यो विधेयकलाई फिर्ता गरेर नयाँ ढंगले ल्याउन म आग्रह गर्दछु । यदी त्यो फिर्ता गर्न सकिदैन भनेर त्यसमा ग्रेड डिबेट चलाएर गुणात्मक बदलावका साथ अगाडि बढाउनु पर्छ ।’
अध्यक्ष साहले सो विधेयकले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई समेत समेटन नसकेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण