बर्नलीविरुद्ध चेल्सीको उत्कृष्ट पुनरागमन
लण्डन । राहिम स्टर्लिङको प्रेरणामा चेल्सीले प्रिमियर लिगमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै बर्नलीविरुद्ध ४–१ को शानदार जीत हासिल गरेको छ । यो सिजन घरेलु मैदानमा बर्नलीको लगातार पाँचौ हार हो ।
खेलको सुरुवातमा नै १८ वर्षीय फ्रेन्च फरवार्ड विल्सन आडोबर्टले बर्नलीलाई अग्रता दिलाएका थिए । तर, ४२ औँ मिनेटमा स्टर्लिङको क्रस बर्नलीका डिफेन्डर अमिन अल–दाखिललाई लाग्दै आत्मघाती गोल भएपछि चेल्सीले बराबरी गोल फर्कायो ।
दोस्रो हाफमा कोल पाल्परले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६५ औँ मिनेटमा स्टर्लिङले चेल्सीको तेस्रो गोल गरे । ७४ औँ मिनेटमा निकोलास ज्याक्सनले अर्को गोल थप्दै टोलीलाई शानदार जित दिलाए ।
सन् २०२२ को अक्टोबारपछि चेल्सीले पहिलो पटक लिगमा लगातार दुई खेल जितेको हो । जितसँगै चेल्सी ८ खेलबाट ११ अङ्क बटुल्दै लिगको १० औँ स्थानमा रहेको छ ।
उता, यसअघि टोटनह्याम हटस्पर्सले लुटनलाई १–० गोलले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको । ८ खेलबाट स्पर्सको २० अङ्क रहेको छ । एक खेल कम खेलेको सिटीको १८ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण