आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बर्नलीविरुद्ध चेल्सीको उत्कृष्ट पुनरागमन

शनिबार, २० असोज २०८०, २२ : ०७
शनिबार, २० असोज २०८०

लण्डन । राहिम स्टर्लिङको प्रेरणामा चेल्सीले प्रिमियर लिगमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै बर्नलीविरुद्ध ४–१ को शानदार जीत हासिल गरेको छ । यो सिजन घरेलु मैदानमा बर्नलीको लगातार पाँचौ हार हो ।

खेलको सुरुवातमा नै १८ वर्षीय फ्रेन्च फरवार्ड विल्सन आडोबर्टले बर्नलीलाई अग्रता दिलाएका थिए । तर, ४२ औँ मिनेटमा स्टर्लिङको क्रस बर्नलीका डिफेन्डर अमिन अल–दाखिललाई लाग्दै आत्मघाती गोल भएपछि चेल्सीले बराबरी गोल फर्कायो ।

दोस्रो हाफमा कोल पाल्परले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६५ औँ मिनेटमा स्टर्लिङले चेल्सीको तेस्रो गोल गरे । ७४ औँ मिनेटमा निकोलास ज्याक्सनले अर्को गोल थप्दै टोलीलाई शानदार जित दिलाए ।

सन् २०२२ को अक्टोबारपछि चेल्सीले पहिलो पटक लिगमा लगातार दुई खेल जितेको हो । जितसँगै चेल्सी ८ खेलबाट ११ अङ्क बटुल्दै लिगको १० औँ स्थानमा रहेको छ ।

उता, यसअघि टोटनह्याम हटस्पर्सले लुटनलाई १–० गोलले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको  । ८ खेलबाट स्पर्सको २० अङ्क रहेको छ । एक खेल कम खेलेको सिटीको १८ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप