इजरायलमा ३ नेपाली घाइते, केही सम्पर्कमा, केही नेपाली हताहत भएका हुन सक्छन् : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले इजरायलमा प्यालेस्टाइनले गरेको आक्रमणमा केही नेपालीको निधन भइएको हुन सक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यस घटनाबारे जानकारी गराउँदै उनीहरुको अवस्था बुझ्न संयन्त्र परिचालन गरिएको बताएका छन् ।
इजरायलमा केयर गिभर कामदारको रुपमा ४ हजार ५ सय नेपाली रहेको र २६५ जना विद्यार्थीहरु रहेको जानकारी गराए । कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभूवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी अध्ययनका क्रममा इजरायलमा रहेको उनले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका मध्ये १७ नेपाली इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेको र यो गाजा क्षेत्र नजिक रहेको जानकारी गराए । त्यहाँ रहेका १७ विद्यार्थीमध्ये २ जना सकुशल, ३ जना घाइतको स्थानीय अस्पतालमा उपचार भएको र बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने बताए । उनले भने– ‘उनीहरुको स्थिति एकिन गर्न संयन्त्रण परिचालन गरिएको छ । इजरायलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीर रुपमा लिइएको छ ।’
नेपाली समयअनुसार हिजो बिहान ६ बजेदेखि हवाई, जल, स्थलमार्गबाट इजरायलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण भएको र दशकौँपछिको यो ठूलो आक्रमणको रुपमा लिइएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण