शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देश चरम संकटमा : झलनाथ खनाल

आइतबार, २१ असोज २०८०, २० : ३५
आइतबार, २१ असोज २०८०

बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २०६२/०६३ को जनआन्दोलनपछि मुलुकको नेतृत्व दलाल पुँजीवादले गरेकाले देशमा चरम संकट देखा परेको बताएका छन् ।

आइतबार बुटवलमा समाजवादी जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको १८ वर्षको अवधिमा पुँजीवादी नेतृत्वका कारण शोषण बढ्दै गएको बताए । पुँजीवादी शोषणका कारण गाउँगाउँमा वित्तीय र व्यापारिक शोषण बढेको उनको टिप्पणी थियो ।

खनालले देशमा भ्रष्टाचार व्यापक रुपमा बढेको बताउँदै यसका लागि समेत अब समाजवादी व्यवस्था अपरिहार्य रहेको बताए  ।

जनसभामा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक बनाउने संकल्पका साथ समाजवादी जागरण अभियान सुरु गरिएको बताए । उनले आफूहरुले भनेको कुरा नयाँ नभए पनि संकल्प र योजनाका साथ मुलुक बनाउने गरी समाजवादी जागरण अभियान सुरु गरिएको बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर देशमा बर्बादीको राजनीति गरेको भुसालको आरोप थियो ।

बुटवलमा आयोजित सभामा पार्टीका अध्यक्ष मावधकुमार नेपाल सहभागी भए पनि उनले सम्बोधन भने गरेनन् । उनले यसअघि  भैरहवामा आयोजित जनसभालाई सम्बोधन गरेका थिए ।

असोज १४ गते काँकडभिट्टाबाट सुरु भएको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको छ । आज रुपन्देहीमा रहने पार्टीका नेताहरु भोलि बुटवल तथा आसपासमा क्षेत्रमा अन्तरक्रिया तथा भेटघाट गर्ने कार्यक्रम छ ।

अभियानका क्रममा आर्थिक, राजनीतिक, सामाजिक सुरक्षाका विषयमा जनतासँग सुझाव संकलन गरिएको जनाइएको छ । यही असोज २९ गते सुर्खेतमा पुगेर अभियान सम्पन्न हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप