अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली फिर्ता
अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्किस एयरलाइन्सको जहाजमार्फत् फिर्ता पठाइएको हो। उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए ।
स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौंमा अवतरण गराइएको छ । अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नेमा नेपालीहरू पनि धेरै रहेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्ण पंगेनीले बताए ।
उनका अनुसार पदैल मार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। 'मानव तस्करहरूको ठूलो सञ्जाल रहेको छ । असोज १८ देखि २२ गतेसम्म दुई सय ९० जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिकालगायत अन्य देश जान भनी हिँडेका नक्कली कागजातसहितका नेपालीहरूलाई फर्काइको छ,' पंगेनीले भने ।
'अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ,' उनले भने, 'भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो । भिसारहित यात्राका अनिवार्य सर्त पूरा गरेको खण्डमा निश्चित केही अन्तर्राष्ट्रिय यात्रुहरू भिसाविनै अमेरिकाको यात्रा गर्न योग्य हुन सक्छन् ।'
ब्युरोका अनुसार यसरी अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या वार्षिक दुई हजारभन्दा बढी रहेको छ । नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकमा मानिस पनि अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । नेपालको नक्कली रहादानी प्रयोग गरेर अन्य मुलुकका मानिस पनि अवैध तरिकाले अमेरिका प्रवेश गर्ने गरेको पाइएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
-
काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण