सेयर बजारमा पहिरो : नेप्से सूचक १९.०६ अंकले घट्यो
काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिन सकेको छैन । मंगलबार पनि नेप्से सूचक थप १९.०६ अंकले घट्दै १८ सयको रेन्जमा झरेको छ । यो साताको आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से सूचक ६७ अंक हाराहारीले घट्दै १८ सय ८९.५९ विन्दुमा झरेको हो ।
जसअनुसार आज १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । हाइड्रोपावर समूहको उपसूचक आज सबैभन्दा बढी १.७९ प्रतिशतले घट्न पुगेको छ भने निर्जीवन बीमा समूहको उपसूचक १.६९ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.५८ प्रतिशतले, फाइनान्स समूहको १.३९ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक १.०६ प्रतिशतले घटेको छ ।
अरु समूहका उपसूचक १ प्रतिशत कमले घटेका छन् । आज अपर लाहोरे खोला हाइड्रोपावरका सेयरधनीहरुले ५.८६ प्रतिशतले कमाएका छन् भने बाराही हाइड्रोपावर पब्लिक कम्पनीका सेयरधनीहरुले ७.६४ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण