४५ प्रतिशतको कमिसनको विरोधमा आन्दोलन जारी, तीन जना घाइते
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गर्दै आएको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा तीन जना घाइते भएका छन् । मंगलबार गरिएको भन्सार विभाग घेराउका क्रममा प्रहरीसँग सामान्य झडप हुँदा तीन जना आजपाका कार्यकर्ताहरु सन्तोष यादव, कनक सिंह र रञ्जु साह घाइते भएका हुन् । घाइतेमध्ये सन्तोषको औँला भाँचिएको छ भने रञ्जुको टाउकोमा चोट लागेको अध्यक्ष साहले जानकारी दिए । यस्तै रञ्जु धरपकडका क्रममा लड्ने बेहोस बनेको उनको भनाइ छ । घाइतेमध्ये सन्तोष अस्पताल भर्ना भएका छन् ।
तीन दिनयता आजपाले भन्सार नियमावलीमा रहेको गलत प्रावधान खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।
सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने साहको धारणा छ ।
यसैबीच साहले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । उनले छिट्टै दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरिने पनि बताए । ‘संघर्षको क्रममा हाम्रा नेता–कार्यकर्ता तथा न्यायप्रेमी जनतामाथि प्रहरी प्रशासनबाट धरपकड र बल प्रयोग भएकोमा खेद प्रकट गर्दै संघर्षका कार्यक्रममा सहभागिता जनाउनुहुने सबैप्रति हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छौँ । हामीले उठाएका माग र मुद्दा आम जनताको सरोकारको विषय भएकोले यसको सुनुवाइको विकल्प छैन । यसर्थ, हामीले अब दोस्रो चरणका संघर्षका कार्यक्रमहरू छिट्टै सार्वजनिक गर्नेछौँ’, साहको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण