अमेरिकाबाट फर्किए उपेन्द्र यादव
मङ्गलबार, २३ असोज २०८०, २१ : ३३
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् । उनी मंगलबार १२ दिनपछि नेपाल फर्किएका हुन् ।
अध्यक्ष यादव असोज १२ गते एशोसिएसन अफ नेपाली तराईइन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन उनी अमेरिका गएका थिए ।
उनी अन्टाको कार्यक्रममा सहभागी हुनुको साथै त्यहाँका संघ संस्थाले आयोजना गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भए । यस्तै केही ठाउँको अवलोकन भ्रमण गर्नुका साथै उनले उच्च स्तरीय भेटघाट पनि गरेका थिए ।
उनले अमेरिकामा रहेका नेपालीहरु नेपालको राजनीतिक अवस्था र संघीय गणतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारेमा चिन्तित रहेको आफूले पाएको बताए ।
अध्यक्ष यादवले अमेरिकाको भ्रमणमा जानुभन्दा पहिले भारतको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण