मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार कार्यालयका कर्मचारीलाई अरेबियन भाषाको तालिम

बुधबार, २४ असोज २०८०, १६ : ४३
बुधबार, २४ असोज २०८०

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीहरूलाई अरेबियन भाषा तालिम दिन थालिएको छ । कर्मचारीहरूलाई १५ दिने अरेबियन भाषा कक्षाको सुरुवात गरिएको हो । 

वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको धेरै श्रम गन्तव्य मुलुकहरू अरेबियन मुलुकहरू रहने गरेका छन् । कर्मचारीहरूलाई अरेवियन भाषा कक्षा सञ्चालन गरिनु महत्त्वपूर्ण हुने निष्कर्षसहित कार्यालयले कक्षा सञ्चालन गरेको हो । 

कक्षामा कार्यालयमा कार्यरत कर्मचारीहरूको अलावा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीहरूको समेत सहभागिता रहेको छ । अरेवियन भाषा कक्षाबाट कर्मचारीहरूको दक्षता अभिवृद्धि हुनुका साथै भविष्यमा श्रम स्वीकृति प्रदान गर्ने लगायतका कार्यमा भिसा जाँच, मागपत्र र भिसामा उल्लेख हुने पेशाको जाँच लगायतका विषयमा सहजता आउने अपेक्षा गरिएको छ । यसले कर्मचारीहरूको कार्य कुशलता अभिवृद्धि हुनेमा समेत विश्वास कार्यालयले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप