विभिन्न पार्टी परित्याग गरी ५० जना माओवादी केन्द्रमा प्रवेश
बुधबार, २४ असोज २०८०, २२ : ००
काठमाडौं । माओवादी केन्द्रले जनतासँग विशेष रुपान्तरण अभियान अन्तर्गत काठमाडौं महानगरपालिका–९ मा भएको वडा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई बुधबार बागमती प्रदेश इन्चार्ज तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । अभियान अन्तर्गत वडा भेला सम्पन्न भएको छ ।
भदौ १६ गतेबाट सुरु भएको अभियानलाई सफल बनाउन माओवादीका नेता तथा कार्यकर्ताहरू देशभर वडामा केन्द्रित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण