रिगलको कैद कट्टाविरुद्धको रिट प्रधानन्यायाधीशसहितको इजलासमा
काठमाडौँ । गुण्डानाइके रिगल भनिने योगराज ढकालको कैद कट्टाविरुद्ध परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ । रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो ।
राष्ट्रपतिद्वारा ६० प्रतिशत कैद कट्टा गरि थुनामुक्त गरिएको निर्णय कानुनसंगत नभएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिट यसअघिको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही आदेश बमोजिम बिहीबार उक्त रिट पूर्ण इजलासमा परेको हो ।
संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढकाललाई बाँकी कैद कट्टा गरी जेलमुक्त गरिदिएका थिए । कारागार कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङ, कारागार व्यवस्थापन विभाग, गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकबाट रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को सोही निर्णय राष्ट्रपति पौडेलले सदर गरेका थिए ।
बाँके जिल्ला अदालतको फैसला अनुसार ढकाल २०९२ भदौ ७ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर ८ वर्षमात्रै कैद सजाय भुक्तान गरेका ढकाललाई राष्ट्रपतिले बाँकी कैद कट्टा गराई जेलमुक्त गरिदिएका थिए ।
सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई यसरी बाँकी कैद कट्टा गर्न नमिल्ने वा सजायमा छुट दिन नमिल्ने भन्दै मृतक चेतन मानन्धरी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण