शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनुहुँदैन: सांसद केसी

बिहीबार, २५ असोज २०८०, १५ : ०२
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा बिचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् । उनले एकपछि अर्को गरी अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको भन्दै यसलाई तोड्न दिनु नहुने बताए । उनले अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता नेपालको राष्ट्रिय गौरवको विषय भएको बताए । उनले नेपाली संस्कृतिमा विचलन आउन दिनु नहुने बताए । सांसद केसीले अराजकताको बिरुद्धमा अराजकताले नै प्रतिरोध गर्नु नहुने बताए । 

उनले भने, ‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्को विचलनमा जाँदैछ । अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता हाम्रो राष्ट्रिय संस्कार संस्कृति हो । त्यसलाई तोडिने काम एकपछि अर्को हुँदै गइरहेको छ । अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता नेपालको सबभन्दा राष्ट्रिय गौरवको विषय थियो । त्यसमा विचलन आएको छ । नेपाली जनताको संस्कार र संस्कृति विविधता बीचको एकता हाम्रो संस्कृति हो । त्यो संस्कृतिमाथि जब बिचलन आउँछ, त्यसपछि संस्कार, सरकार सबै पतनको दिशातर्फ जान्छ भन्ने कुरा सरकारले बुझ्नै पर्छ । सम्पूर्ण राजनीतिक दलहरुले गम्भिर भएर बुझ्नुपर्ने आवश्यकता छ । अराजकताको विरुद्धमा अराजकता नै त्यसको प्रतिरोध होइन । कसैले कालोमोसो दल्छु भन्यो र उसैलाई कालोमोसो दल्नु पनि त्यो हाम्रो संस्कार र संस्कृतिको कुरा होइन । त्यसकारणले उत्तेजना होइन चेतना फैलाउने र आवेग होइन विवेकले काम गर्ने परम्परा टुट्दै गएको छ त्यतातिर सम्पूर्णले एकीकृत भएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो । सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उनले महंगीले जनताको चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप