मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ :  सिंह

शुक्रबार, २६ असोज २०८०, १७ : ४०
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको बताए । उनले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले हामीले देखिरहेका छौँ । अनुभव गरिरहेका छौँ । युवाहरु जो लाखौँलाख विदेश गइरहेका छन् । यो हाम्रो चुनौती हो । यसलाई हामीले कसरी मिट गर्ने, फेस गर्ने भन्नेबारेमा पार्टीले केलाउनु पर्छ’ उनले भने, ‘कृषिप्रधान देश भनिन्छ, तर नाम मात्रैको कृषि प्रधान देश भएको छ । किनभने खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको छ । जिल्लामा जाँदा खेत बाँझो छ, त्यसलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ ।’ 

लाखौँलाख युवाहरु विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ । ‘दशैँमा बजार अनियन्त्रित भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न हामी सरकारमा छौँ, जोड दिनुपर्छ, यत्तिकै चल्छ भनेर हुँदैन’ सिंहले भने, ‘इकोनोमी नै इम्पोर्टको आधारमा चलिरहेको छ । विदेशमा युवा पठाएर रेमिटेन्सबाट देश कति दिन चल्छ ? यसमा गम्भीर हुनुपर्छ । सकेसम्म चाँडो नीति पास गरेर त्यही अनुसारका कार्यक्रम ल्याउनुपर्छ ।’

नेता सिंहले दशैँमा बजार अनियन्त्रित भइरहेको भन्दै नियन्त्रण गर्न कांग्रेसले सरकारलाई घच्घच्याउनुपर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप