बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ : सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको बताए । उनले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्नेमा जोड दिए ।
‘अहिले हामीले देखिरहेका छौँ । अनुभव गरिरहेका छौँ । युवाहरु जो लाखौँलाख विदेश गइरहेका छन् । यो हाम्रो चुनौती हो । यसलाई हामीले कसरी मिट गर्ने, फेस गर्ने भन्नेबारेमा पार्टीले केलाउनु पर्छ’ उनले भने, ‘कृषिप्रधान देश भनिन्छ, तर नाम मात्रैको कृषि प्रधान देश भएको छ । किनभने खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको छ । जिल्लामा जाँदा खेत बाँझो छ, त्यसलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ ।’
लाखौँलाख युवाहरु विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ । ‘दशैँमा बजार अनियन्त्रित भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न हामी सरकारमा छौँ, जोड दिनुपर्छ, यत्तिकै चल्छ भनेर हुँदैन’ सिंहले भने, ‘इकोनोमी नै इम्पोर्टको आधारमा चलिरहेको छ । विदेशमा युवा पठाएर रेमिटेन्सबाट देश कति दिन चल्छ ? यसमा गम्भीर हुनुपर्छ । सकेसम्म चाँडो नीति पास गरेर त्यही अनुसारका कार्यक्रम ल्याउनुपर्छ ।’
नेता सिंहले दशैँमा बजार अनियन्त्रित भइरहेको भन्दै नियन्त्रण गर्न कांग्रेसले सरकारलाई घच्घच्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण