‘चित्त दुख्छ रे उनकै’ मा सितारामसँग उषाको रोमान्स
शनिबार, २७ असोज २०८०, १५ : १८

काठमाडौंँ । गायक सिताराम पोखरेलको नयाँ गीत ‘चित्त दुख्छ रे उनकै’ सार्वजनिक भएको छ । प्रेमपीडा ब्यक्त गर्ने सेन्टिमेन्टल गीतका शब्द मुनाल शिशिर कोइरालाले कोरेका हुन् ।सागर शरद अधिकारीको संगीत रहेको गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।
गीतमा गायक पोखरलले मायालुले आफुप्रति गरेको ब्यवहारको गुनासो पोखेका छन् । गीतको भिडियोमा पनि गायक पोखरेलको अभिनय छ । उनलाई मोडलिङमा उषा उप्रेतीले साथ दिएकी छन् । भिडियो एकजोडी प्रेमीको कथामा बुनिएको छ । भिडियोमा सुजन श्रेष्ठको छायांकन र सिलन लम्सालको सम्पादन छ । सो भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
तीन दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय गायक पोखरेलका यस अगाडि थुप्रै गीत सार्वजनिक भएका छन् । गायनका अलवा माडलिङमा पनि सक्रिय पोखरेलका दर्जनौँ गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति