‘चित्त दुख्छ रे उनकै’ मा सितारामसँग उषाको रोमान्स
शनिबार, २७ असोज २०८०, १५ : १८
काठमाडौंँ । गायक सिताराम पोखरेलको नयाँ गीत ‘चित्त दुख्छ रे उनकै’ सार्वजनिक भएको छ । प्रेमपीडा ब्यक्त गर्ने सेन्टिमेन्टल गीतका शब्द मुनाल शिशिर कोइरालाले कोरेका हुन् ।सागर शरद अधिकारीको संगीत रहेको गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।
गीतमा गायक पोखरलले मायालुले आफुप्रति गरेको ब्यवहारको गुनासो पोखेका छन् । गीतको भिडियोमा पनि गायक पोखरेलको अभिनय छ । उनलाई मोडलिङमा उषा उप्रेतीले साथ दिएकी छन् । भिडियो एकजोडी प्रेमीको कथामा बुनिएको छ । भिडियोमा सुजन श्रेष्ठको छायांकन र सिलन लम्सालको सम्पादन छ । सो भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
तीन दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय गायक पोखरेलका यस अगाडि थुप्रै गीत सार्वजनिक भएका छन् । गायनका अलवा माडलिङमा पनि सक्रिय पोखरेलका दर्जनौँ गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण