प्राडाद्वय सुवेदी र भट्टराईलाई ग्वंगः सिरपा सम्मान

काठमाडौँ । यस वर्षको ग्वंगः सिरपा सम्मान अग्रज निबन्धकारहरू प्राडा अभि सुवेदी र प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ ।
साहित्यिक सम्मान सङ्गम (२०५०) का संस्थापक संरक्षक वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको उपस्थिति तथा सङ्गमका संयोजक साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदनझ’ को अध्यक्षतामा म्प्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
हरेक दुई वर्षमा दुई जना निबन्धकारलाई प्रदान गरिँदै आएको यो पुरस्कार राशि रु. ५०–५० हजार र ताम्रपत्र रहेको छ ।
वि.सं २०५० मा कविवर केदारमान व्यथितलाई । सम्मान गरेपछि साहित्यिक सम्मान सङ्गमको स्थापना भएको थियो ।
समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, साहित्यकार ध्रुव मधिकर्मी र जितेन्द्रले गरेको सिफारिसको आधारमा गरिएको उक्त सम्मान आगामी मङ्सिरको पहिलो हप्ता विशेष कर्यक्रम आयोजाना गरी प्रदान गरिने पनि संयोजक रोदनले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा
-
सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक, त्यही अनुसार बजेट आउनुपर्छ : अध्यक्ष ढकाल