मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले भने–जसपा कम्युनिस्ट हुन सक्दैन

मङ्गलबार, ३० असोज २०८०, १४ : ४९
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कम्युनिस्ट हुन नसक्ने बताएका छन् । 

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएकाले कम्युनिस्ट  हुन नसक्ने बताए । 

वर्तमान अवस्थाको समाजवादी मोर्चा कम्युनिस्ट पार्टी अथवा साम्यवादी मोर्चामा रुपान्तरित हुन नसक्ने समेत उनले प्रष्ट पारेका छन् ।

अध्यक्ष यादवले भने, ‘एउटा समाजवादी पार्टीको लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टीहरुबीच सहकार्य र मोर्चा मात्र हुन सक्छ ।’

यादवले भनेका छन्, ‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिस्ट वा साम्यवादी हुन सकिँदैन ।’ यसबाट भ्रमित र दुबिधामा नरहन समेत यादवले आम समाजवादीहरुलाई अपिल गरेका छन् ।  

वर्तमान अवस्थामा जसपा, नेपाल सम्मिलित समाजवादी मोर्चालाई कतिपयले साम्यवादी मोर्चाको रुपमा बुझ्ने, बुझाउने गरेको र त्यसले पार्टीपंक्तिमा केही भ्रम सिर्जना गरेको सन्दर्भमा पार्टीको उक्त धारणा सार्वजनिक भएको पार्टीका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

upendra yadav status

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप