दसैँमा महँगीको मार
कलङ्कीस्थित एक फर्निचरमा कार्यरत रामप्यारी गुरुङलाई दसैँ आएपछि अर्को तनाव थपिन्छ। फर्निचर उद्योगमा काम गरेर गुरुङले कमाएको मासिक १७ हजार रुपियाँले आफू र तीन साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायतको खर्च पु¥याउनै सकस छ ।
नजिकिँदो दसैँले उनलाई झनै सकस बनाएको छ । त्यसो त गएको साउनदेखि गुरुङले यसअघि पाउँदै आएको १५ हजार तलबमा दुई हजार बढेर मासिक १७ हजार रुपियाँ पुगेको छ । “तलब दुई हजार बढेर के गर्नु ?” उनी भन्छन्, “महँगी तीन वर्षको बिचमा तीन गुुना बढेको छ । थोरै कमाइले कसरी छोराछोरीको माग पूरा गर्नु र खै ।”
गुरुङको यो भोगाइले न्यून आय भएका नागरिकको अहिलेको जटिल अवस्था स्पष्ट देखाएको छ। चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि गुरुङ जस्ता थोरै कमाइ हुनेको दिनचर्या झनै कठिन भएको छ । न्यून आय भएका किसान तथा दैनिक मजदुरी गर्ने श्रमिकका लागि चाडपर्व सधैँ ठुलो सङ्कट लिएर आउने गर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित ७ जनाको बयान जारी
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण