प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
शुक्रबार, ०३ कात्तिक २०८०, १३ : २८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटालाई नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सापकोटालाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका गोविन्द आचार्यले जानकारी दिए ।
सापकोटालाई आज प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र दिएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रहिसकेका सल्लाहकार सापकोटा चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा अध्यापन पनि गराउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण