ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
सारांश
- पूर्वगृहमन्त्री सुदन गुरुङ ईश्वरी भुजेल हत्या प्रकरणबारे जानकारी लिन बालाजु प्रहरी वृत्त पुगेका छन् ।
- गुरुङले घटनाको सत्यतथ्य छानबिन गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
- प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको र दोषीमाथि कारबाही हुने जनाएको छ ।
काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङ ईश्वरी भुजेल हत्या प्रकरणबारे जानकारी लिन शनिबार बालाजु प्रहरी वृत्त पुगेका छन् ।
नेपाली सेनामा कार्यरत गोरखा निवासी ईश्वरी भुजेलको गएराति हत्या भएको घटनापछि गुरुङले प्रहरीसँग भेट गरी घटनाको सत्यतथ्य छानबिन गर्न तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका हुन् ।
गुरुङले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका कुमार थापा मगरमाथि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कारबाही अघि बढाउन प्रहरीलाई आग्रह गरे।
प्रहरी कार्यालय पुग्नुअघि उनले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। भेटका क्रममा उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै न्याय दिलाउन आफूले आवश्यक पहल गर्ने बताए ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । हत्या प्रकरणको कारण र अन्य विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण