पाँच दिनमा १० हजार बढीले छाडे वीरेन्द्रनगर
सुर्खेत । दसैँ मनाउनका लागि पाँच दिनमा १० हजार भन्दा बढीले प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिएका छन् । घटस्थापनादेखि बिहीबारसम्म प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिर जानेको सङ्ख्या १० हजार ७३० रहेको प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
यो सङ्ख्या सार्वजनिक यातायातको प्रयोग गरेर जानेहरूको सङ्ख्या मात्र हो । मोटरसाइकल, सरकारी गाडी र निजी गाडी प्रयोग गरेर जानेहरूको रेकर्ड प्रहरीसँग छैन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख राम प्रकाश साहले शुक्रबारदेखि भने राजधानी वीरेन्द्रनगर छाड्नेहरूको सङ्ख्यामा कमी आएको बताए । ‘हिजो–अस्तिसम्म निकै प्रेसर नै थियो, आजदेखि निकै कम भइरहेको छ,’ उनले भने,‘ दसैँ मनाउन जानेहरू अधिकांश गाउँ फर्किसकेको देखिन्छ ।’
मान्छेहरू गाउँ जान थालेपछि राजधानी वीरेन्द्रनगर भने सुनसान बन्ने थालेको छ । यद्यपि अझै पनि हजारौँ सङ्ख्याले वीरेन्द्रनगर छाड्ने अनुमान प्रहरीको छ । विगतका बर्सहरूजस्तो यो पटक मान्छेहरू गाउँ फर्किएको भने देखिँदैन । उनका अनुसार अन्तबाट सुर्खेत भित्रिनेको सङ्ख्या भने १२ हजार बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
-
आँखामा मसाज गन प्रयोग गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण