सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मदरसा बोर्ड गठन गर्न सरकारले ढिलो गर्न हुन्न: प्रभु साह

आइतबार, ०५ कात्तिक २०८०, ०६ : ४०
आइतबार, ०५ कात्तिक २०८०

रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मदरसा बोर्ड गठन नगरेसम्म मुस्लिम बालबालिकाको भविष्य सुनिश्चत नहुने बताएका छन। देशमै सबभन्दा बढी मुस्लिम समुदायको जनसंख्या रहेको रौतहटमा उनीहरूको बालबालिका पढ्ने मदरसा व्यवस्थित गर्न सरकारले पहल नगरेको उनको साहले बताए ।

मदरसा व्यवस्थित नहुँदा हजारौँ मुस्लिम बालबालिकाको भविष्य अन्धकारमय भइरहेको उनले गुनासो गरे । शनिबार पार्टी नगर कमिटी फतुवा बिजयपुरद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले मदरसा ऐन तथा मदरसा बोर्डको लागि सरकारले ढिलाई गरेमा आफ्नो पार्टी आन्दोलनमा समेत उत्रनपछि नपर्ने चेतावनी दिएका थिए।

फतुवा बिजयपुर,कटहरिया, गुजरा, गरुडा नगरपालिकाका विभिन्न वडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्थानीय जनता तथा मतदातासँग भेट्घाट गरी वर्तमान अवस्थाबारे जानकारी लिएका थिए।

सोही क्रममा उनले मदरसा ऐन र बोर्ड गठन गराएरै छाड्ने प्रतिबद्धता जनाएका थिए । शिक्षामा गरेको विभेद आमजनता पार्टीलाई कहिलै सह्य नहुने भन्दै नेता साहले आक्रोश व्यक्त गरे ।  विभेदलाई हटाउन सरकार मदरसाको मान्यता दिलाउन मदरसा ऐन तथा मदरसा बोर्डको स्थापना गर्न तत्काल पहल हुनुपर्ने सुझाव दिएका थिए। 

शुभकाना आदानप्रदान कार्यक्रममा आजपा सचिव एवम् पूर्वसांसद समिना हुसेन, केन्द्रीय नेताहरु सुधीर यादव, लालबाबु मन्सुरी, चण्डेश्वर बैठा, बबिता साह, बबिता यादव, सियाराम कुशवाहा,त्रिभुवन साह, लगायतका नेताहरुले देशलाई निकास र जनतालाई समृद्ध बनाउन आमजनता पार्टी लाई सहयोग गर्न जनसमुदायलाई आग्रह गरेका थिए।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप