गंगा वरदानको ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा
आइतबार, ०५ कात्तिक २०८०, ११ : ४१
काठमाडौँ । करिब ४५ वर्षअघि रेकर्ड भएको लोकगायक गंगा वरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुन नयाँ भर्सनमा आएको छ । नेपाली बब मार्लीको रूपमा परिचित गायक वरदानले उक्त गीत बिस २०३५ मा स्वर परीक्षा उत्तीर्ण नगरीकनै रेडियो नेपालमा रेकर्ड गराएका थिए ।
२०५५ साल ताका नमस्ते स्टुडियोका सञ्चालक तथा नमस्ते ब्यान्डका गायक ईश्वर गुरुङको सहयोगमा निकालिएको एल्बम ‘गंगा वरदान भाग १’को लागि समेत पुन रेकर्ड गरेका थिए ।
जुपिहाङ्ग लिम्बुको संगीत संयोजन रहेको गीत धरानको न्यु भावना स्टुडियोमा रेकर्ड भएको हो भने मिक्सिङ्ग डम्बर लिम्बुले गरेका हुन् । गंगा वरदानका केही पुराना गीतहरूलाई पुन नयाँ साज सज्जामा ल्याउने क्रममा सिल्भर इन्टरटेनमेन्टको सक्रियतामा यो गीत तथा भिडियो तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरी घाउ
-
भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
‘दिल’ को गीत महिलाविरोधी भएको आमिरद्वारा स्वीकार
-
दिल्लीमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित
-
शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी : कांग्रेस सांसद भण्डारी
-
टिबी शाह स्मृति यु—१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो उपाधि मधेसलाई