आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा आज वृद्धवृद्धा महोत्सव

सोमबार, ०६ कात्तिक २०८०, १३ : ३८
सोमबार, ०६ कात्तिक २०८०

चीन  । सोमबार चीनभर बृद्धबृद्धाहरुले आफ्नो खुसीयालीमा महोत्सव मनाइरहेका छन् । अक्टोबर २३ तारिख चिनियाँ पात्रो अनुसार आज सेप्टेम्बर ९ तारिख हो । यो महोत्सवलाई चिनियाँहरूले ‘छौङयाङ’ महोत्सव अर्थात् वृद्धवृद्धाको महोत्सव भनिन्छ । 

छौङयाङ चीनको चान वंशदेखि सुरु भएर तङ वंशदेखि परम्परागत उत्सवको रूपमा सुरु भएको हो । हरेक वर्ष सेप्टेम्बर महिनादेखि चिसो मौसम हुन थाल्ने भएको हुनाले चीनमा वृद्धवृद्धालाई सम्मान गर्नुपर्ने समय सुरु भएको हो । 

छौङयाङ चाड वृद्धवृद्धाका लागि विशेष चाडपर्व मानिएको छ । चिनियाँ भाषामा नौं र लामो समान उच्चारण हुन्छ । त्यसैले आजको दिन चिनियाँहरूले  आफ्ना परिवारका वृद्धवृद्धा सदस्यलाई विशेष परिकारको खाना र उपहार दिने गर्दछन् । 

दीर्घ जीवनको कामना गर्दै मनाइने यो महोत्सवको अवसरमा आफ्ना परिवारका सबै सदस्यहरूले वृद्धवृद्धालाई भेट गरी उपहार दिने गरिन्छ । भेट हुन नसक्दा टेलिफोन गरेर माया गर्नुपर्छ’ युनान विश्वविद्यालय स्नातकोत्तर अध्ययनरत छात्र हाङ्ग ती भन्छिन्, ‘मैले त आज बिहान मेरो हजुरबा, हजुरआमालाई टेलिफोन गरेर आजको दिन शुभकामना भनिसके । उपहार अनलाइनबाट पठाउने व्यवस्था गरेको छु ।

पछिल्लो सरकारी नीतिअनुसार चीनमा वृद्धवृद्धालाई सामाजिक सुरक्षा र सरकारले नैं विशेष सुविधा दिने व्यवस्था गरेपछि वृद्धवृद्धाको सम्मान गर्ने प्रचलन बढ्दो छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप