शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथले दसैँमा नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने

सोमबार, ०६ कात्तिक २०८०, १५ : ४९
सोमबार, ०६ कात्तिक २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक काठमाडौँमा नै दसैँ मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार बिहान परिवारसँग दसैँ मनाएपछि दिउँसो २ बजेपछि पार्टीका नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । खनालले दसैँ मनाउन, कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्न गृह जिल्ला इलामका सबै कार्यक्रम रद्द गरिसकेको भट्टराईको भनाई छ ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालले भाइको निधनको शोकमा यसपटक टीका नलगाउने भएका छन् । यसको साटो नेपाल कार्यकर्ता तथा मतदाताहरूसँग भेट्न आफ्नो गृह जिल्ला रौतहट पुगेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप