झलनाथले दसैँमा नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने
सोमबार, ०६ कात्तिक २०८०, १५ : ४९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक काठमाडौँमा नै दसैँ मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार बिहान परिवारसँग दसैँ मनाएपछि दिउँसो २ बजेपछि पार्टीका नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । खनालले दसैँ मनाउन, कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्न गृह जिल्ला इलामका सबै कार्यक्रम रद्द गरिसकेको भट्टराईको भनाई छ ।
पार्टीका अध्यक्ष माधव कुमार नेपालले भाइको निधनको शोकमा यसपटक टीका नलगाउने भएका छन् । यसको साटो नेपाल कार्यकर्ता तथा मतदाताहरूसँग भेट्न आफ्नो गृह जिल्ला रौतहट पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण