शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सबै नेपालीबिच आपसी सहयोग, सद्भाव र सहिष्णुताको खाँचो :  खनाल

मङ्गलबार, ०७ कात्तिक २०८०, १० : ३७
मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै मुलुकको विकासका लागि सबै नेपालीबिच आपसी सहयोग, सद्भाव, सहिष्णुताको खाँचो औँल्याएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले असत्यमाथि सत्यको विजय हुने सन्देश दिएको यस पर्वले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य तथा प्रगतिको कामना गरेका हुन् । समाजवादले नै गरिबी उन्मूलन गर्ने बताउँदै सन्देशमा लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबिच एकताको आवश्यकता पनि उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप