शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

कृषि कलेजमा पढाउने युवाहरूको एग्रो फार्म

सामाजिक सञ्जालको सदुपयोग गर्दै कृषि उत्पादनको बजार विस्तार
शुक्रबार, १० कात्तिक २०८०, १२ : ५२
शुक्रबार, १० कात्तिक २०८०

बुटवल । बुटवलका राजेश कुँवरले कृषिमा एमएस्सी गरेका छन् । उनले विभिन्न तिनवटा कलेजमा पार्टटाइम बीएस्सीमा कृषि समेत पढाउने गर्दछन् । २०७७ सालमा कृषि पढाउने मात्रै नभएर कृषि फार्म आफै खोल्ने योजना बनाएर  ५ जना साथीहरुलाई जोडे । 

उनीसँग त्यसमा पहिलेदेखि चिनेका, नचिनेका तर कृषि पढेकाहरू ५ जना युवाहरू छन् । उनीहरू मिलेर फोकस मल्टी एग्रो कन्र्सन एन्ड रिचर्सप्रा(लि) स्थापना बुटवलमा स्थापना गरेका छन्। 

उक्त प्रालिका किरण तिमिल्सेना,सरोज भट्टराई,विवेक ज्ञवाली,सञ्जय आचार्य र विशाल पन्थी रहेका छन् । उनीहरू सबै डिग्री होल्डर मात्रै होइन धेरैले कृषि कलेजमा नै पढाउने गर्दछन् ।  

त्यसमध्येका किरण तिमिल्सेना त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त दाङको एक कृषि कलेजको सहायक प्राध्यापक हुन् । 

11

सरोज भट्टराई अर्घाखाँचीको सिटीभीटी अन्तर्गतको एग्रो भेटनरी बहुप्राविधीक शिक्षालयमा अध्यापन गराउँछन् । 

विवेक ज्ञवाली गुल्मीको एक सामुदायिक विद्यालयमा कक्षा ९ देखी १२ सम्म कृषि सङ्कायमा अध्यापन गराउँछन्। सञ्जय आचार्यले कृषिमा एमएस्सी गरेका हुन् । केही समय पढाएका उनले हालै रुपन्देहीको एक पालिका कृषि प्राविधिक पाँऔँ तहका नाम निकालेका छन्। यसरी एमएस्सी गरेर विभिन्न पढाउँदै आएका युवा गुरुहरूको बुटवल उपमहानगरपालिका वार्ड नम्बर १५ ढवाहमा ३० कट्टा जग्गा भाडामा लिएर माटोमा नै भविष्य खोज्दै छन् ।  

1

कृषि अध्ययन गरेर पढाउँदै गरेका गुरुहरूले फार्मको व्यवस्थापन विशाल पन्थीको गरेका छन्। पन्थी भने कृषि पढेका गुरुलाई व्यवस्थापन गर्ने व्यवस्थापन सङ्कायबाट डिग्री गरेका युवा हुन् ।  ती युवाहरूको उमेर २६ देखि २९ सम्म रहेको छ । 

फार्मका अध्यक्ष २७ वर्षीय राजेश कुँवरले जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती,फलफूल खेती,ड्रागन फ्रुट,पुष्प(फूल खेती)गर्दै आएका बताए । 

उनले उत्पादनसँगै अनुसन्धान पनि उस्तै ध्यान दिएको बताए। ड्रागन फ्रुट,कागती,ताइवानी अम्बादिर्धकालिन फलहुन ती फलहरूको लाभ वर्ष लिन पाइन्छ ।तर ती फलको वोटको बिचको खाली जग्गालाई आफ्नै ढङ्गले सदुपयोग गरेका छन्  ।

जहाँ कलकत्तिया प्रजातिका फुल, सयपत्री फूल लगाउँछन् ।अव मङ्सिर महिनापछि फुलको उत्पादन सकिन्छ।

14

त्यसपछि तरकारी बिरुवा र लहरे तरकारी लाउँछन् ।भने लहरे तरकारीको सिजन सकिएपछि खरबुजा लगाउने गरेका छन् । यसरी माथि फलसँगै तल तिन सिजन अन्य उपत्दान लिने गरेका अध्यक्ष  कुँवरले बताए।

उक्त फार्ममा विभिन्न कृषि कलेजका विद्यार्थीहरू ओजेटी गर्न आउने गरेका छन् ।यस्तै किसानहरूको कृषि परार्मस लिने थलो पनि बनेको छ उनीहरूले कौसी खेती,माटो परीक्षण,पुस्ष खेतीको तालिम पनि बेला बेला नि शुल्क चलाउने गरेका छन् ।

यसरी जुट्यो समूह

बुटवलका राजेन्द्रले कक्षा१२ बुटवलको ग्लोरियस कलेजबाट पास गरे ।त्यसपछि दाङ कृषि कलेजबाट वि एसी गरेपछि एम एससि बन विज्ञान विश्व विद्यालयबाट कृषि प्रसार विषयमा गरे। २७ वर्षका उनले कृषिमा एमएस्सी गरेपछि निजी कलेजमा पढाउन थाले ।

कृषि कलेजमा पढाएर मात्रै हुँदैन । व्यावहारिक रूपमा उत्तानको लागि खेती गर्नुपर्ने मान्यता आयो । सोही अनुसार २ं०७७ सालमा अन्य साथीहरूसँग सल्लाह गरे।उनले अन्य विषय अध्ययन गरेका भन्दा आफूले चिनेका कृषि पढेका साथीहरूसँग काम गर्दा नमुना फार्म गराउन सक्ने विश्वासमा थिए ।  

जसमा साथीहरू केही रामपुर कृषि क्याम्पस चितवन,केही धनगढी, केही कृषि क्याम्पस भैरहवा अध्ययन गरेका थिए ।

अनि ५जनाको कृषि अध्ययन गरेका युवाहरूले सुरुमा एक एक लाख रुपैयाँ उठाएर जग्गा भाडामा लिए । वैधानिक रूपमा फोकस मल्टी एग्रो कन्र्सन एन्ड रिचर्सप्रा(लि दर्ता गरेर बुटवलमा काम गरे । 

12

सबै साथीहरूको एउटै भावना र अध्ययन भएपछि पढ्ने र पढाउनेसँगै फार्ममा कृषि कर्म रमाउन थालेको कुवंर बताउन् । 

कुवरले भर्ने हामीले सिकेका,सिकाएका विषयहरू व्यावहारिक रूपमा प्रयोग भएका छन्। ५लाखबाट सुरु गरेको फार्म अहिले४० लाख लगानी पुगी सक्यौ ,यँहावाट उत्साहित छौ,।

उनीहरू पछिल्लो समयमा कृषिमा विषादीको प्रयोग हुँदै आएकोमा उनीहरूले भने अर्ग्यानिक खेतीमा समेत जोड दिएका बताए । 

केही समय पहिला कृषि पढेका विद्यार्थीहरूको लागि सरकारले दिने अनुदान अनुसार उनीहरूले कृषि ज्ञान केन्द्र रुपन्देहीबाट ७ अनुदान समेत लिएका छन्। हालसम्म आम्दानी भन्दा पनि लागत र सञ्चालन खर्च चलिरहेको उनको भनाई छ । 

6

सामाजिक सञ्जलावाट बजारीकरण 

बजारीकरणका लागि ठोस समस्या नभएको तर ठुलो मात्रामा उत्पादन हुँदा बजारीकरणका लागि बुटवल सहितका विभिन्न सहरहरूका व्यवसायीहरू सँगको सम्पर्क राखेका छन्। तिहारका लागि उनीहरूले १० हजार भन्दा बढी माला उत्पादन गर्न सकिने लक्ष्य लिएका छन् केही कट्टामा उनीहरूले मखमली फुल समेत रोपेका छन् । 

फार्ममा ओजेटीका लागि विभिन्न शैक्षिक संस्थाबाट प्रयोगात्मक अभ्यासका लागि विद्यार्थी आउने गरेका छन्।प्रयोगात्मक कुराहरू,स्कुल र कलेजकै पाठ्यसामग्री भन्दा बाहिर र जल्दो बन्दो कृषिका समस्या सङ आधारित रहेर प्रयोगात्मक कुरा टिमले सिकाउँदै आएका छन् ।

कागती खेती, ड्रागन फुट, कुरिलो, तरबुजा सहित मौसमी र बेमौसमी तरकारी खेती, तरकारीका बिरुवा समेत उत्पादन गरी बिक्री बुटवल  भैरहवा हुन्छ ।यस्तै अम्बा लगायत बस्तुहरू उनीहरूले सामाजिक सञ्जालको व्यापक प्रयोग गरेर काठमाडौँ,पोखरा,धनगढी लगायतका ठाउँमा पुराउने गरेको अध्यक्ष कुँवरले बताए।

उनले आफूहरूले उत्पादनसँगै सामाजिक सञ्जालको सम्पर्कबाट किवी र मह जस्ता बस्तु खरिद गरेर विक्री पनि गर्ने गरेका छन् । 

4

इलामको किवी र दाङको मह पनि सामाजिक सञ्जालको प्रयोग गरेर विक्री उनीहरूले  विक्री गरिरहेका छन् । 

सामाजिक सञ्जालबाट भरपुर प्रयोग गर्दा जति उत्पादन भए पनि विक्रीको लागि कठिन नभएको उनले बताए । उनले भर्ने  सामाजिक सञ्जालबाट अर्डर हुन्छ। हामीले सोही अनुसार डेलिभरी गरिदिने गरेका छौ।,

उत्पादन सँगै अनुसन्धानमा समेत जोड दिएको जानकारी दिँदै अध्यक्ष कुँवरले भने–‘हामी  उत्पादनलाई अनुसन्धानसँग जोडेर काम गरिरहेका छौ, हामी प्राय ः नर्सरीमा उत्पादन गर्न चाहिने जति पनि मल हुन्छ, गडयौलले मल आफै उत्पादन गर्छौ। हामीसँग मल उत्पादनको लागि आवश्यक गँड्यौला मल पनि छ, हामीले मललाई कृषि धारका विद्यालयमा समेत बिक्री वितरण गर्दै आएका छौँ । ’

8

बेला बेलाका उनीहरूले कन्या च्याउ खेती समेत गर्दै आएका छन् यसको साथै किसानहरूको लागि आवश्यक परेको बखतमा तालिम, फिल्ड सेवा, समेत दिँदै आएका हुन । अबको योजनामा उनीहरूले सानो स्केलमा रहेको इनडोर प्लान्ट र नर्सरी अझ व्यवस्थित गरी अगाडी बढ्ने योजना समेत बनाएका छन् ।

साथै ठुलो परिमाणमा कम्पोस्ट (गँड्यौला मल) उत्पादक उत्पादन गर्ने, कृषि क्षेत्रमा आउन चाहने युवा, किसान बा जो कोहीलाई पनि तालिम केन्द्रको रूपमा फार्मलाई विकास गर्ने योजना बनाएका छन् । 

यसको लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको समेत साथ र सहयोग आवश्यक रहेको म्यानेजर विशाल पन्थीको भनाई रहेको छ । फार्म म्यानेजर पन्थीका अनुसार किसानको उत्पादनलाई भण्डारण कसरी टिकाउन सकिन्छ भनेर काम गर्दै आएका छन् । 

उनले निकट भविष्यमा कोल्डस्टोर बनाएर अनुसन्धानसँगै,उत्पादनको भण्डारणमा काम गर्ने,थोरै शुल्कमा किसानको उत्पादन भण्डारण गरिदिने दीर्घकालीन लक्ष्य रहेको बताए ।हाल फार्ममा दाङ, अर्घाखाँची, चितवन, स्याङ्जाबाट ३० जना विद्यार्थीहरू ओजेटी(प्रयोगात्मक अभ्यासको लागि आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप