सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा घर खाली भएको मौका पारी चोरी

शुक्रबार, १० कात्तिक २०८०, १४ : ४२
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । दसैँमा घरमा कहो पनि नभएको मौका छोपेर स्याङ्जामा सुन र नगद चोरी भएको छ ।

भिरकोट नगरपालिका-१ दार्सिङ बस्ने ३५ वर्षीया सुष्मा थापाको घरबाट सोमबारदेखि बिहीबारसम्म घरमा कोही नभएको अवस्थामा ढोकाको चुकुल रडले फोडी सुन तथा चाँदीका गहना ७ तोला र नगद ३० हजार रुपैयाँ चोरी भएको हो ।

 प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यता भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित चक्कु फाँट बस्ने कृष्णहरि गुरागाईको घरबाट करिब ५ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना चोरी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप