कृषिको आधुनिकीकरणबाट उत्पादन वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताएका छन् ।
अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित अन्तर्राष्ट्रिय जैविक पर्यावरणीय प्रयोगात्मक कृषि तालिमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि उत्पादनमा सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनको लागत घट्ने बताए ।
मुलुकमा भएका राजनीतिक आन्दोलनबाट जनताले राजनीतिक अधिकार प्राप्त गरेको भए पनि आर्थिक–सामाजिक अधिकार प्राप्त नभएको बताउँदै उनले वर्गीय शोषणको अन्त नहुँदा आर्थिक रुपान्तरण हुन नसकेको बताए । उत्पादन, रोजगारी नै समाजवादीको मुख्य आधार भएको बताउँदै अध्यक्ष नेपालले उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनमा जनतालाई जोड्नुपर्ने विचार व्यक्त गरे ।
महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले बहुर्राष्ट्रिय कम्पनीले स्थानीय बीउबिजनलाई प्रतिस्थापन गरी कृषि उत्पादनको संरचना, उद्योग कलकारखाना ध्वस्त पार्ने काम गरिहेको बताए। यस्ता कामले पुँजीवादी मोटाउँदै जाने अवस्था रहेकाले त्यसको विकल्पमा समाजवादको खाँचो रहेको बताए ।
नेपाल, भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, घाना, अर्जेन्टिना, नाइजेरिया, बेल्जियमलगायत ११ मुलुकका ३२ किसानको सहभागिता रहेको तालिम यही कात्तिक २८ गतेसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण