सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बालीनाली

नार्कको सिफारिस : कुन बालीमा कति मल हाल्ने ?

शनिबार, ११ कात्तिक २०८०, ०६ : २४
शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । नेपालमा करिब पाँच दशकपछि धान, मकै र गहुँबालीका लागि स्थान विशेष रासायनिक र प्राङ्गारिक मल सिफारिस भएको छ । माटोको उर्वरता र यी  तीन बालीको उत्पादनको आधारमा ठाउँअनुसार मलको मात्रा फरक–फरक सिफारिस गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । 

बालीविरुवाबाट धेरै उत्पादन लिन थोरै मात्रामा मल प्रयोग गर्दा बढी उब्जनी हुने गरी अत्याधुनिक प्रविधि र विभिन्न रसायनको सम्मिश्रणबाट तयार गरिएका पदार्थलाई रासायनिक मल भनेर बुझिन्छ । 

नेपालमा सन् १९७६ मा पहिलो पटक माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाले बालीको लागि मलको मात्रा सिफारिस गरेको थियो । सोही मात्राअनुसार कृषकले विगत ४७ वर्षदेखि मल प्रयोग गर्दै आएका छन् । 

तर, पछिल्लो समय बढ्दो कृषि प्रविधिअनुसार मलको मात्रा पनि फरक पर्ने भन्दै नार्कले धान, मकै र गहुँबालीका लागि स्थान विशेषअनुसार मलखाद सिफारिस गरेको हो । यी बालीका लागि स्थानीय माटोको उर्वरा शक्ति र हालको उत्पादनलाई ध्यान दिई स्थान बिशेष मलखाद सिफारिस गरिएको हो । हावापानी र जातअनुसार फरक–फरक मात्रा सिफारिस गरिएको छ । 

धान बालीमा क्षेत्रअनुसार मलको मात्रा फरक
पूर्बी तराईको झापा, मोरङ र सुनसरीमा धान खेती गर्दा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर हाल्नुपर्ने नार्कले जनाएको छ । यस्तै, फस्फोरस ४० किलो र  पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ । 

मध्य तराईको पर्सादेखि सप्तरीसम्मको क्षेत्रमा धान बाली लगाउँदा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर हाल्नुपर्ने हुन्छ भनेफस्फोरसर पोटास ४०-४० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ । 

पश्चिम तराईको रुपन्देही, कपिलवस्तु र परासीमा नाइट्रोजन एक सय ३० किलो मल प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । फस्फोरस ४० किलो प्रतिहेक्टर र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ । 

उता, सुदूरपश्चिम बाँकेदेखि कन्चनपुर सम्मको क्षेत्रमा नाइट्रोजन एक सय किलो मल प्रतिहेक्टर प्रयोग गर्ने । यस्तै, फस्फोरस र पोटास प्रतिहेक्टर ३०-३० किलो प्रयोग गर्नुपर्ने उल्लेख छ । 

भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर जिल्लामा धानका लागिनाइट्रोजन एक सय २५ किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । त्यस्तै, फस्फोरस र पोटास ४०–४० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ । 

पहाडी क्षेत्रका धान बालीमा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर प्रयोग गर्न सकिन्छ । फस्फोरस र पोटास ३०-३० किलो प्रतिहेक्टर प्रयोग गर्नेनार्कले सिफारिस गरेको छ ।

सबै क्षेत्रमा रोपिने वर्णशकंर धान बालीको लागिनाइट्रोजन एक सय ५० किलो प्रतिहेक्टर प्रयोग गर्न सकिन्छ । फस्फोरस ५० किलो र पोटास ६० किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सिफारिस गरेको छ । 

मुलुकभरका धान बालीमा जिंक दुईदेखि तीन किलो प्रतिहेक्टर प्रयोग गर्न उल्लेख छ । सबै क्षेत्रका धान बालीमा बोरोनको मात्रा भने प्रतिहेक्टर एक किलो हाल्न सकिने नार्कले जनाएको छ । 

धानबालीको लागि सिफारिस गरिएको मलखादको मात्रा :

1स्रोतः नेपाल कृषि अनुसन्धान परिषद्

धान बालीमा मल प्रयोग गर्ने विधि
धान बालीमा रासायनिक मलको प्रयोग गर्दा फस्फोरस, पोटास, जिंक सल्फेट, बोरेक्सको पुरै मात्रा र नाईट्रोजन एक भाग जमिनको अन्तिम तयारीमा प्रयोग गर्न सकिन्छ । 

धान बालीमा गाँज आउने अर्थात् २५ देखि ३० दिनमा एक तिहाई नाईट्रोजन प्रयोग गर्न सक्न्छि । र, बाँकी एक तिहाई नाईट्रोजनधान फूल फुल्नु भन्दाअघि अर्थात् ५० देखि ५५ दिनपछि प्रयोग गर्न नार्कले भनेको छ । 

गहुँबालीमा कति मल हाल्ने ?
पूर्बी तराईका झापा मोरङ र सुनसरीमा गहुँबाली छर्दा नाईट्रोजनको मात्रा प्रतिहेक्टर एक सय ४० किलो सिफारिस गरिएको छ । 

मध्य तराईको पर्सादेखि सप्तरीसम्मका क्षेत्रका गहुँ बालीमा नाईट्रोजनको मात्रा प्रतिहेक्टर एक सय ३० किलो प्रयोग गर्न भनिएको छ । 

पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र परासीमा गहुँ बाली उत्पादन गर्दा नाईट्रोजनको मात्रा प्रतिहेक्टर एक सय ४० किलो प्रयोग गर्न उल्लेख गरिएको छ । 

सुदूरपश्चिम तराईको बाँकेदेखि कन्चनपुरसम्म क्षेत्रका लागि नाइट्रोजनको मात्रा एक सय २५ किलो नार्कले सिफारिस गरेको छ । 

भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर क्षेत्रमा गहुँ बाली खेती गर्दा एक सय २० किलो प्रतिहेक्टर नाइट्रोजनको प्रयोग गर्न सकिन्छ । पहाडी भागमा गहुँ खेती गर्दा नाइट्रोजन मल एक सय किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । 

देशभरका गहुँ खेती गर्ने किसानले ५०-५० किलोफस्फोरसर पोटास मल प्रतिहेक्टरक्षेत्रमा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै, गहुँ बाली रोप्ने खेतमा प्रतिहेक्टरसाढे एक किलो बोरोन प्रयोग गर्न नार्कले उल्लेख गरेको छ ।

गहुँबालीमा लागि सिफारिस गरिएको मलखादको मात्रा:

2

स्रोतः नेपाल कृषि अनुसन्धान परिषद्

गहुँबालीमा कसरी मल हाल्ने ?
गहु“बालीमा मल हाल्दा फस्फोरस, पोटास, बोरेक्सकोपुरै मात्रा र नाईट्रोजनको एक तिहाई मल जमिन तयारीको अन्तिम अवस्थामा हाल्ने नार्कले उल्लेख गरेको छ । 

गहुँ बालीमा गाँज आउने अर्थात् २५ देखि ३० दिनमा एक तिहाई नाईट्रोजन प्रयोग गर्न सकिन्छ । र, बाँकी एक तिहाई नाईट्रोजन गहुँ फूल फुल्नु भन्दाअघि अर्थात् ५० देखि ५५ दिनपछि प्रयोग गर्न नार्कले उल्लेख गरेको छ । 

धान र गहुँमा प्राङ्गारिक मलकति प्रयोग गर्ने ?
मुलुकभर धान र गहुँका लागि प्राङ्गारिक मलको मात्रा एउटै सिफारिस गरिएको छ । धान र गहुँबाली खेती गर्ने कृषकले प्रतिहेक्टर६ टन प्राङ्गारिक मल प्रयोग गर्न सकिने नार्कले जनाएको छ ।

नार्कका अनुसार,प्राङ्गारिक मलले माटोलाई हानी नपु¥याउने भएकाले सिफारिस मात्रा भन्दा बढी प्रयोग गर्दा माटो झनै खुकुलो हुने गरेको पाईएको छ । 

मकै बालीमा मल कति हाल्ने?
मकै बालीका लागि ठाउँ र  जातअनुसार रासायनिक मलको मात्रा फरक–फरक मात्रा सिफरिस गरिएको नार्कले उल्लेख गरेको छ । 

जसअनुसार, पूर्वी तराईका झापा मोरङ र सुनसरी क्षेत्रमा मकै बाली लगाउँदा खुल्ला सेचित मकैमा नाइट्रोजन एक सय ३० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ । वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ८० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । 

मध्य तराईको पर्सादेखि सप्तरीसम्मको क्षेत्रमा खुल्ला सेचित मकैमा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ । वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ५० किलो प्रतिहेक्टर प्रयोग गर्न उल्लेख छ । 

पश्चिम तराईको रुपन्देही, कपिलवस्तु र परासी क्षेत्रमा खुल्ला सेचित मकै खेती गर्ने किसानले नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ । वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ८० किलो प्रतिहेक्टर प्रयोग गर्न उल्लेख छ । 

सुदूरपश्चिम तराईको बाँकेदेखि कन्चनपुरसम्म क्षेत्रमा खुल्ला सेचित मकैका लागि नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर सिफारिस छ भने वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्ने नार्कले भनेको छ । 

भित्री तराईको दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुरमा मकै खेती गरेमा खुल्ला सेचित मकैका लागि नाइट्रोजन एक सय ३० किलो प्रतिहेक्टर सिफारिस छ । वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ८० किलो प्रतिहेक्टर छ । 

पहाडी भागमा मकै खेती गर्ने किसानले खुल्ला सेचित मकैलाई एक सय २० किलो प्रतिहेक्टर र वर्णशंकर मकैमा एक सय ५० किलो प्रतिहेक्टर नाइट्रोजन प्रयोग गर्नुपर्ने नार्कले जनाएको छ । 

देशभर खुला सेचित जातको मकै खेती गर्दा फस्फोरस ६० किलो प्रतिहेक्टर र पोटास ४० किलो प्रतिहेक्टर प्रयोग गर्न सकिन्छ । 

मुलुकभरवर्णशंकर मकै लगाउँदा फस्फोरस र पोटास ६०-६० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ ।

देशभर र सबै जातका मकै बालीमा जिंकको मात्रा २ किलो प्रतिहेक्टर र बोरोन साढे एक किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले उल्लेख गरेको छ । 

यस्तै, मुलुकभर मकैका लागि प्राङ्गारिक मलको मात्रा एउटै सिफारिस गरिएको छ । प्रतिहेक्टर १० टन प्राङ्गारिक मल प्रयोग गर्न सकिने नार्कले जनाएको छ । 

मकै बालीको लागि सिफारिस गरिएको मलखादको मात्राः

3

मकै बालीमा मल कसरी हाल्ने ?
रासायनिक मलको प्रयोग गर्दा फस्फोरस, पोटास, जिंक सल्फेट र बोरेक्सको पुरै मात्रा तथा नाइट्रोजन एक तिहाई मात्रा जमिनको अन्तिम तयारीको समयमा हाल्ने । 
एक तिहाई नाइट्रोजन बालीको ६ पाते  अवस्थामा र बाँकी एक तिहाई १० पाते मकै भएपछि प्रयोग गर्नुपर्ने नार्कले उल्लेख गरेको छ । 

बालीको राम्रो उत्पादन लिन १६ पोषक तत्व 
बालीको राम्रो उत्पादन हुन १६ वटा पोषक तत्व आवश्यकता पर्दछ । विरुवालाई प्राकृतिक रुपमा ३ वटा पोषक तत्व कार्बन, हाइड्रोजन र अक्सिजन प्राप्त हुन्छ । प्राङ्गारिक, जैविक र रासायनिक मलबाट बा“की १३ वटा पोषक तत्व बालीले लिन्छ । जसमध्ये बालीका लागि मुख्य पोषक तत्व नाइट्रोजन, फस्फोरस र पोटास हुन् । 

क्याल्सियम, म्याग्नेसियम र सल्फर सहायक पोषक तत्व हुन् भने बालीका लागि आवश्यक पर्ने आइरन, म्याग्निज, कपर, जिंक, बोरोन र क्लोरिन सूक्ष्म पोषकतत्व हुन् । यी तत्वहरु रासायनिक मलबाट बाली विरुवालाई उपलब्ध हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप