अमेरिकी राष्ट्रपति निर्वाचनबाट पछाडि हटे माइक पेन्स
वाशिङट्न डीसी । अमेरिकाका पूर्वउपराष्ट्रपति माइक पेन्सले आगामी वर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । शनिबार मध्यान्ह लास भेगसमा आयोजित एक कार्यक्रममा उनले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले यो आफ्नो समय नभएको बताए । ‘यो कठिन लडाई हुनेछ भन्ने हामीलाई सधैं थाहा थियो, तर मलाई कुनै विश्मात छैन,’ जारी विज्ञप्तिमा उनले भनेका छन् । चुनावी अभियानका लागि पेन्सले ठूलो रकम ऋण लिएका थिए । यो अभियान छाडेपनि कन्जर्भेटिभ मूल्य मान्यताका लागि आफू कहिल्यै लड्न नछाड्ने उनले भनेका छन् ।
पछिल्लो समय पेन्सले समर्थन गुमाएका थिए । आफ्नो नाम फिर्ता लिएपनि पेन्सले अन्य कुनै रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेका छैनन् । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पनि राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका छन् । निर्वाचनको दौडमा अहिलेसम्म ट्रम्पकै दबदबा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण