भारतबाट धमाधम लगानी फिर्ता गर्दै विदेशी लगानीकर्ता
नयाँ दिल्ली । विदेशी लगानीकर्ताहरूले पछिल्ला केही दिनमा भारतीय शेयर बजारबाट धमाधम लगानी फिर्ता लगिरहेका छन् ।
गएको हप्ता लगानी बहिर्गमनको गति झनै तीव्र बनेको छ । इजरायल–हमास युद्धले अनिश्चय थपेको अनि अमेरिकामा उच्च ब्याजदरका कारण जोखिमयुक्त सम्पत्तिको माग घट्दा यसको असर भारतको शेयर बजारमा देखिएको हो ।
बिहीबार मात्रै विदेशी लगानीकर्ताहरूले ७६ करोड ८४ लाख अमेरिकी डलर बराबरको स्थानीय शेयर बेचेको ब्लुम्बर्गको डेटाले देखाएको छ । एक दिनमै यति ठूलो लगानी बाहिरिएको यो सन् २०२२ को जुनयता पहिलो पटक हो ।
अक्टोबर २६ सम्मको हप्ताभरिमा भने १ अर्ब २० करोड अमेरिकी डलर बराबरको लगानी फिर्ता गएको छ । शुक्रबारको डेटा आइसकेको छैन । यो साप्ताहिक आँकडा फेब्रुअरीको शुरुयताकै उच्च हो ।
यो महिनाको अहिलेसम्मको अवधिमा बेञ्चमार्क निफ्टी ५० परिसूचक ३ दशमलव ३ प्रतिशतले घटेको छ । एशिया प्रशान्त क्षेत्रको बृहतर एमएससीआई सूचक सो अविमा ३ दशमलव ८ प्रतिशतले घटेको छ ।
भूराजनीतिक तनाव अनि चालु आवको दोस्रो त्रैमासको मिश्रित तथ्यांकले लगानीकर्ताहरु भारतीय शेयर बजारप्रति विश्वस्त बन्न नसक्दा बजारमा सेल अफ देखिएको विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण