तनहुँमा ५३ ग्राहककाे विद्युत् लाइन काटियो
तनहुँ । विद्युत् प्राधिकारण तनहुँ वितरण केन्द्रले ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकहरुको धमाधम विद्युत् लाइन काट्न सुरु गरेको छ । आइतबार र सोेमबार गरी दुई दिनमा ५३ ग्राहकको विद्युत् लाइन काटेको केन्द्रले जनाएको छ ।
ग्राहकबाट रु १० लाख ६१ हजार १० महसुल सङ्कलन हुनपर्ने देखिएको केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । उक्त लाइन काटिएकामध्ये ३४ जना ग्राहकले रकम बुझाएर पुनः लाइन जडान गरेका छन् । उनले भने, “लाइन काटिएका ग्राहकले पुनः लाइन जडान गर्दा रु पाँच लाख तीन हजार छ सय ७८ महसुल सङ्कलन भएको छ ।”
कार्यालयले विद्युत् लाइन काट्ने अभियानलाई दैनिकरुपमा निरन्तरता दिन लागेको उनले बताए । मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकका विवरण निकाली लाइन काट्न सुरु गरेको सो केन्द्रले जनाएको छ ।
लाइन काटिएका ग्राहकले बिल रकममा २५ प्रतिशत अतिरिक्त जरिवाना तथा लाइन जोड्नका लागि दस्तुर रु आठ सय ४७ समेत बुझाउनुपर्ने प्रावधान रहेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ अनुरुप मिटर रिडिङ भएको सात दिनभित्र महसुल बुझाएमा ग्राहकले दुई प्रतिशत छुट पाउने व्यवस्था रहेको केन्द्रका कार्यालय प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार आठौँ दिनदेखि १५ दिनसम्म बुझाएमा बिलअनुरुप महसुल बुझाउन पाइन्छ तर जरिवाना लाग्दैन । त्यसैगरी, १६ औं दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशत, ३१औँ दिनदेखि ४०औँ दिनसम्म बुझाएमा १० प्रतिशत र ४० दिनपछि बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ । जिल्लामा हालसम्म साठी हजारभन्दा बढी विद्युत् ग्राहक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण