२५ प्रतिशत घरपरिवार बैंकको ऋणी
काठमाडौं । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् ।
नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो ।
बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ को क्रममा गरिएको घरपरिवार सर्वेक्षणको सोमबार सार्वजनिक भएको प्रतिवेदनले नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म ९१५ दिन० प्रत्येक व्यक्ति तथा परिवार’ विस्तृत विवरण संकलन गरेको थियो ।
सार्वजनिक गरिएको नतिजाअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले घर रहेका छन् । २८ दशमलव ७८ प्रतिशत २ तले, ९ दशमलव १७ प्रतिशत ३ तल्ले र १ दशमलव ३ प्रतिशत चारतले पाइएको छ । शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले शून्य दशमलव शून्य १ प्रतिशतदेखि नौ तले ० दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् ।
मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २ दशमलव ३४ प्रतिशत रहेको छ ।
नेपालका कुल घरमध्ये ७१ प्रतिशत आवासीय, ३ प्रतिशत व्यापारिक, शून्य दशमलव ३७ प्रतिशत सरकारी, १ दशमलव १२ शैक्षिक, शून्य दशमलव २० प्रतिशत स्वास्थ्यसम्बन्धी रहेका छन् ।
यीमध्यै पौने ५ लाख घर खाली अवस्थामा रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित ७ जनाको बयान जारी
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण