प्रभाव पार्न सक्ने खेलाडी : मेहदी हसन मिराज (बङ्गलादेश)

काठमाडौँ । जारी विश्वकपमा बङ्गलादेशले सबैभन्दा बढी विश्वास गरेको खेलाडीमा पर्छन्, मेहदी हसन मिराज । उनी टोलीका अलराउन्डर खेलाडी हुन् । जारी विश्वकपमा बङ्गलादेशको प्रदर्शन निराशाजनक देखिए पनि टोलीका लागि २६ वर्षीय मेहदी हसनले भने गतिलो प्रदर्शन गर्दै आएका छन् ।
क्रिकेट ‘टिम गेम’ भएकाले हरेक खेलमा कुनै एक खेलाडीको प्रदर्शन मात्र निर्णायक नबन्न पनि सक्छ । उनले बङ्गलादेशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । यी अनुभवी खेलाडीले बङ्गलादेशका लागि ८८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
एकदिवसीय खेलको ६१ पालीमा उनले २३.३३ को औसतले कुल एक हजार एक सय ९० रन बनाएका छन् । एकदिवसीयमा उनले दुई सतक र तीनवटा अर्धसतक पनि प्रहार गरेका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर अविजित एक सय १२ रन हो ।
एकदिवसीय खेलमा उनले ३६ वटा क्याच पनि लिएका छन् । उनले बङ्गलादेशका लागि ३९ टेस्ट खेल्दै कुल एक हजार दुई सय ४५ रन बनाएका छन् । टेस्टमा उनले एक सतक र चारवटा अर्धसतक पनि बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर एक सय तीन रन हो ।
मेहदी हसनले टेस्टमा २४ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले देशका लागि २५ टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल दुई सय ४८ रन जोडेका छन् । टी—२० मा उनको उच्च स्कोर ४६ रन हो । टी—२० मा उनले १२ वटा क्याच पनि लिएका छन् ।
यी अलराउन्डर खेलाडीले बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९७ विकेट लिएका छन् । एकदिवसीयमा उनको उत्कृष्ट प्रदर्शन २५ रन दिएर चार विकेट हो । उनले पाँच पटक चार विकेट लिएका छन् ।
टेस्टमा पनि उनले एक सय ५१ विकेट लिइसकेका छन् । टेस्टको एक पालीमा उनको उत्कृष्ट प्रदर्शन ५८ रन दिएर सात विकेट हो । टेस्टमा उनले नौ पटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । ६ पटक उनले चार विकेट हात पारेका छन् ।
टी—२० अन्तर्राष्ट्रियमा पनि उनले हालसम्म १३ विकेट लिइसकेका छन् । टी—२० मा उनको उत्कृष्ट प्रदर्शन १२ रन दिएर चार विकेट हो । जारी विश्वकपको यसअघिको खेलमा पनि उनले टोलीका लागि गतिलो योगदान पुर्याउँदै आएका छन् ।
जारी विश्वकपको अफगानिस्तानविरुद्धको खेलमा उनले नौ ओभरमा तीन मेडन राख्दै केवल २५ रन खर्चिएर तीन विकेट लिएका थिए । त्यो खेलमा उनले ५७ रनको योगदान पनि गरेका थिए । बङ्गलादेश ६ विकेटले विजयी भएको त्यो खेलमा उनी म्यान अफ दी म्याच पनि घोषित भएका थिए ।
न्युजिल्यान्डविरुद्धको खेलमा पनि उनले ३० रन बनाएका थिए । भारतविरुद्धको खेलमा ब्याटिङ नचले पनि उनले दुई विकेट हात पारेका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि उनले एक विकेट लिएका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा उनको बलिङ नचले पनि ब्याटिङतर्फ ३५ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ