बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हामी नेपालीले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन् । सोमबार २५६९ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
उनले आजको दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे । मुख्यमन्त्री आचार्यले गौतम बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको बताए ।
उनले फरक प्रसङ्गमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताउँदै नियमित सञ्चालनमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने समेत बताए । उनले विमानस्थल सञ्चालन हुँदा लुम्बिनीको मुहार फेरिने र अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन बढ्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चेलीलाई दिल्ली पुर्याउन खोज्ने युवक पक्राउ
-
नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर कोमामा
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)